नेपाल स्पोर्ट्स समिट २०२६ को घोषणा, फेब्रुअरी ५ मा काठमाडौंमा आयोजना हुने

नेपाल स्पोर्ट्स समिट २०२६ को घोषणा, फेब्रुअरी ५ मा काठमाडौंमा आयोजना हुने : Icon Khabar

काठमाडौं, माघ ११ । नेपाललाई विश्वस्तरीय खेल केन्द्रका रूपमा स्थापित गर्ने उद्देश्यसहित नेपाल स्पोर्ट्स समिट २०२६ को औपचारिक घोषणा गरिएको छ। नेपाल स्पोर्ट्स समिट कमिटीले आगामी फेब्रुअरी ०५, २०२६ मा सोल्टी होटल प्राइभेट लिमिटेड, काठमाडौंमा आयोजना हुने उक्त समिट नेपालकै पहिलो संरचित राष्ट्रिय खेल सम्मेलन मञ्च हुने जनाएको छ।

समिटमा उच्चस्तरीय कूटनीतिज्ञ, अन्तर्राष्ट्रिय प्रतिनिधि, कर्पोरेट नेतृत्व, सरकारी अधिकारी, खेल प्रशासक, सञ्चारकर्मी तथा खेल उद्योगका सरोकारवाला पक्षहरूको सहभागिता रहनेछ। आयोजकका अनुसार समिटले खेल, कूटनीति, पर्यटन र आर्थिक विकासलाई एकीकृत गर्दै नेपालको खेल क्षेत्रलाई अन्तर्राष्ट्रिय मञ्चसँग जोड्ने लक्ष्य लिएको छ।

कार्यक्रमअन्तर्गत नेपालको खेल क्षेत्रसँग सम्बन्धित नीतिगत सुधार, खेल पूर्वाधार विकास, सञ्चार तथा प्रसारण, डिजिटल खेल सामग्री र अन्तर्राष्ट्रिय सहकार्यका विषयमा केन्द्रित पाँच उच्चस्तरीय प्यानल छलफल सत्र सञ्चालन गरिनेछ। ती सत्रहरूमा खेल कूटनीति, खेल पूर्वाधार इकोसिस्टम, उदीयमान खेलहरूको प्रवर्द्धन, खेलमा सञ्चार र मोनेटाइजेसन तथा डिजिटल खेल कथावाचनका विषयमा छलफल हुने जनाइएको छ।

नेपाल स्पोर्ट्स समिट २०२६ का आयोजक आमिर अख्तरले समिट केवल एउटा कार्यक्रम मात्र नभई राष्ट्रिय अभियान भएको उल्लेख गर्नुभयो। उहाँले नेपालको खेल इकोसिस्टमलाई विश्वव्यापी अवसरहरूसँग जोड्दै अन्तर्राष्ट्रिय सहकार्यमार्फत देशको खेल भविष्यलाई रूपान्तरण गर्ने उद्देश्य रहेको बताउनुभयो।

समिटका अर्का आयोजक भास्कर राजकर्णिकारले नीति निर्माता, लगानीकर्ता, खेल नेतृत्व र अन्तर्राष्ट्रिय संस्थाबीच संरचित संवादको वातावरण सिर्जना गर्ने समिटको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। उहाँका अनुसार नेपालसँग रहेको प्राकृतिक लाभ, युवा ऊर्जा र अन्तर्राष्ट्रिय सद्भावनालाई दीर्घकालीन साझेदारी र आर्थिक वृद्धिमा रूपान्तरण गर्न समिट सहयोगी हुनेछ।

समिटमा सहभागी हुने प्रमुख समूहमा कूटनीतिज्ञ तथा अन्तर्राष्ट्रिय मिसन, कर्पोरेट नेतृत्व तथा लगानीकर्ता, सरकारी अधिकारी तथा नीति निर्माता, अन्तर्राष्ट्रिय प्रतिनिधि र खेल उद्योगका सरोकारवाला पक्षहरू रहनेछन्। आयोजक समितिका अनुसार समिटको मुख्य उद्देश्य नेपाललाई विश्वस्तरीय खेल पर्यटन गन्तव्यका रूपमा स्थापित गर्नु, अन्तर्राष्ट्रिय लगानी आकर्षित गर्नु र नेपालको खेल अर्थतन्त्रलाई सुदृढ बनाउने दीगो साझेदारी विकास गर्नु हो।

समिटसम्बन्धी प्यानलिस्टहरूको नाम, कार्यक्रम अपडेट र हाइलाइटहरू नेपाल स्पोर्ट्स समिटका आधिकारिक सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्ममार्फत क्रमशः सार्वजनिक गरिने आयोजकहरूले जनाएका छन्।

Published Date: 25 January 2026


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै