किकम्पा मन्टेश्वरी प्रि–स्कूलको ८औँ स्थापना दिवसमा स्वास्थ्य शिविर सम्पन्न

किकम्पा मन्टेश्वरी प्रि–स्कूलको ८औँ स्थापना दिवसमा स्वास्थ्य शिविर सम्पन्न : Icon Khabar

भक्तपुर, माघ १० । सूर्यविनायक–स्थित किकम्पा मन्टेश्वरी प्रि–स्कूलको ८औँ स्थापना दिवसको अवसरमा आयोजित निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ।

विद्यालय परिसरमा आयोजना गरिएको उक्त स्वास्थ्य शिविरमा नाक, कान, घाँटी तथा आँखासम्बन्धी जाँच गरिएको थियो। शिविरबाट विद्यालयका विद्यार्थी, अभिभावक तथा शुभेच्छुक गरी जम्मा १५२ जनाले स्वास्थ्य परीक्षण सेवा लिएका छन्।

बालबालिकाको स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त शिविरले अभिभावक तथा स्थानीय समुदायबाट सकारात्मक प्रतिक्रिया पाएको विद्यालयले जनाएको छ।

विद्यालयका प्रिन्सिपल राजेश लाखाले स्वास्थ्य जाँच जस्तो सामाजिक उत्तरदायित्वसँग जोडिएको कार्यक्रमलाई स्थापना दिवससँग जोडेर सञ्चालन गर्न पाउँदा खुशी लागेको बताउँदै आगामी दिनहरूमा पनि यस्ता जनहितकारी कार्यक्रमलाई निरन्तरता दिइने जानकारी आइकन खबरलाई दिएका छन्।

उक्त अवसरमा विद्यालय परिवारले स्वास्थ्यकर्मी, अभिभावक तथा कार्यक्रममा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 January 2026




ताजा
किकम्पा मन्टेश्वरी प्रि–स्कूलको ८औँ स्थापना दिवसमा स्वास्थ्य शिविर सम्पन्न
गएरातिदेखि मुस्ताङको थासाङ, घरपझोङ र वारागुङ मुक्तिक्षेत्र क्षेत्रमा हिमपात
रुकुमपूर्वमा शुक्रबारदेखि जारी हिमपातले मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध
प्रतिनिधिसभा सदस्य उम्मेदवारले अहिले दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने


ट्रेन्डिङ
भुलाँचा चोक हटाउने तयारीको विरोधमा स्थानीय आन्दोलित
भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने निर्विरोध
भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ निर्विरोध
अन्तर्राष्ट्रिय पावर लिफ्टिङ प्रतियोगिताका पदक विजेता खेलाडीलाई सम्मान