किकम्पा मन्टेश्वरी प्रि–स्कूलको ८औँ स्थापना दिवसमा स्वास्थ्य शिविर सम्पन्न

किकम्पा मन्टेश्वरी प्रि–स्कूलको ८औँ स्थापना दिवसमा स्वास्थ्य शिविर सम्पन्न : Icon Khabar

भक्तपुर, माघ १० । सूर्यविनायक–स्थित किकम्पा मन्टेश्वरी प्रि–स्कूलको ८औँ स्थापना दिवसको अवसरमा आयोजित निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ।

विद्यालय परिसरमा आयोजना गरिएको उक्त स्वास्थ्य शिविरमा नाक, कान, घाँटी तथा आँखासम्बन्धी जाँच गरिएको थियो। शिविरबाट विद्यालयका विद्यार्थी, अभिभावक तथा शुभेच्छुक गरी जम्मा १५२ जनाले स्वास्थ्य परीक्षण सेवा लिएका छन्।

बालबालिकाको स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त शिविरले अभिभावक तथा स्थानीय समुदायबाट सकारात्मक प्रतिक्रिया पाएको विद्यालयले जनाएको छ।

विद्यालयका प्रिन्सिपल राजेश लाखाले स्वास्थ्य जाँच जस्तो सामाजिक उत्तरदायित्वसँग जोडिएको कार्यक्रमलाई स्थापना दिवससँग जोडेर सञ्चालन गर्न पाउँदा खुशी लागेको बताउँदै आगामी दिनहरूमा पनि यस्ता जनहितकारी कार्यक्रमलाई निरन्तरता दिइने जानकारी आइकन खबरलाई दिएका छन्।

उक्त अवसरमा विद्यालय परिवारले स्वास्थ्यकर्मी, अभिभावक तथा कार्यक्रममा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरेको छ।

Published Date: 24 January 2026


ताजा
सुनसरीको संवेदनशील अवस्था समाधान गर्न सरकार सक्रिय, नागरिकलाई संयमित रहन प्रधानमन्त्रीको आग्रह
शिल्पा सेट्ठी काठमाडौंमा, सोल्टीमा हुँदैछ एसीई ग्लोबल कन्भेन्सन
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
१० आरोही सम्पर्कविहीन, ब्रोड पिक फेरि चर्चामा: किन जोखिमपूर्ण छ यो हिमाल?


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु