काठमाडौं जहरसिंहपौवा बस दुर्घटना: मृतकको संख्या ५ पुग्यो

काठमाडौं जहरसिंहपौवा बस दुर्घटना: मृतकको संख्या ५ पुग्यो : Icon Khabar

काठमाडौं, पुस २५ । काठमाडौंको जहरसिंहपौवा–साँखु सडकखण्डमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ । ३३ जना घाइतेको उपचार जारी छ ।

बा ४ ख ८७८८ नम्बरको बस बुधबार साँझ दुर्घटना हुँदा तीन महिला र दुई पुरुषको मृत्यु भएको हो ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी बस्ने अन्दाजी ५५/६० वर्षीय अर्जुन लामिछानेको पनि उपचारको क्रममा गएराति साढे १२ बजे मृत्यु भएपछि जम्मा मृतकको संख्या ५ पुगेको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एसपी पवन भट्टराईले जानकारी दिए ।

यसअघि बाँकेको कोहलपुर नगरपालिका ५ घई भई हाल बुढानीलकण्ठ बस्ने ४९ वर्षीया कामना शर्मा, ताप्लेजुङको पाथीभरा–५ घर भई बुढानीलकण्ठ नगरपालिका ७ बस्ने ५१ वर्षीया इन्दिरा लिम्बु, सिराहा घर भई हाल पेप्सीकोला बस्ने ५५ वर्षीया शान्ति गुप्ता र पाँचथर घर भई हाल गोठाटार बस्ने ६५ वर्षीय देवेन्द्र लिम्बुको मृत्यु भएको थियो ।

नेचर हाउस एन्ड हर्ब इन्टरनेशनल कम्पनीबाट पिकनिक गएर फर्किने क्रममा उनीहरु सवार बस दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएकाहरुको अस्पतालमा उपचार जारी छ ।

Published Date: 08 January 2026
Website | + posts




















ताजा
नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम ७ अर्ब ४३ करोड रुपैयाँ नाघ्यो
आज बुधबारको राशिफल
सोलुखुम्बुमा दुई हेलिकोप्टर ठोक्किँदा विदेशी नागरिकको मृत्यु, एक घाइते
३३ लाख रुपैयाँसहितको कार अख्तियारको फन्दामा, मध्यपुर थिमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत घिमिरे पक्राउ


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक