काठमाडौँ, पुस २४ । एक लाख ३४ हजार निर्वाचन प्रहरीका लागि भर्ना खुलेको छ। बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागले निर्वाचन प्रहरी भर्ना गर्न आवेदन आह्वान गरेको हो।
यसपालि प्रहरीले एक लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी भर्ती गर्दैछ। त्यसका लागि शुक्रबारदेखि माघ १ गतेसम्म आवेदन दिन सकिनेछ। सार्वजनिक बिदामा पनि आवेदन दिन सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ।
आवेदन जिल्ला प्रहरी परिसर काठमाडौं, ललितपुर, भक्तपुर र सबै जिल्ला प्रहरी कार्यालयमा पुगेर फारम लिन र बुझाउन पाइनेछ।
निर्वाचन प्रहरी हुन फारम दर्ता गर्ने अन्तिम मितिसम्म १८ वर्ष भई ५४ वर्ष ननाघेको हुनुपर्नेछ। जन्ममिति २०२८/१०/०१ गतेदेखि २०६४/१०/०१ गतेसम्म जन्मिएका व्यक्तिले आवेदन दिनसक्नेछन्।
यसरी निर्वाचन प्रहरी हुँदा साधारण लेखपढ गरेको हुनुपर्ने, नैतिक पतन देखिने कुनै फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, राजनीतिक दलको सदस्य नरहेको, स्वस्थ रहेको, आतंककारी एवं विध्वंसात्मक संगठनको सदस्य नरहेको हुनुपर्नेछ।
पुरूषको हकमा घटीमा ५ फिट, छाती ३१-३३ इन्च, ५० किलो तौल र महिलाको हकमा ४ फिट १० इन्च, तौल ४२ किलो भएको हुनुपर्ने उल्लेख छ।
निर्वाचन प्रहरी ४० दिनका लागि भर्ना खुलाइएको हो। यसरी भर्ना भएका प्रहरीको तलब दिनको ८६९ रुपैयाँ हुनेछ। ४० दिनको लागि ३४ हजार ७७६ रुपैयाँ दिइने भएको हो।
त्यस्तै ४० दिनको खाद्यान्नको खर्च सरकारले व्यक्तिगत बैंक खातामा उपलब्ध गराउने प्रहरीले जनाएको छ । निर्वाचन प्रहरीलाई खटिएको ठाउँमा आउने र जान तयारीस्वरूप एक पटकको लागि एकमुष्ट रूपमा ८४६ का दरले तयारी खर्च उपलब्ध गराउने भनिएको छ।
प्रतिदिन ३०० को दरले चार दिनको लागि एकमुष्ट १२०० रुपैयाँ खाजा खर्च पनि उपलब्ध हुने भएको हो। यसपालि सशस्त्र प्रहरी बलले पनि निर्वाचन प्रहरी भर्ना गर्ने तयारी गरेको छ।
Published Date: 08 January 2026
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1