जन्मदर बढाउन चीनले कण्डममा लगायो १३ प्रतिशत कर

जन्मदर बढाउन चीनले कण्डममा लगायो १३ प्रतिशत कर : Icon Khabar

काठमाडौं, पुस १८ । चीन सरकारले जन्मदर बढाउने उद्देश्यले कण्डमसहित गर्भनिरोधक साधनमा १३ प्रतिशत कर लगाएको छ। यो व्यवस्था २०२६ जनवरी १ बाट लागू भएको हो।

घट्दो जनसंख्या समस्यासँग जुधिरहेको चीनले कर प्रणालीमा परिवर्तन गर्दै विवाह र ज्येष्ठ नागरिकको हेरचाहसम्बन्धी सेवाहरूलाई भने भ्याटबाट छुट दिएको छ। सरकारको यो कदम पेरेन्टल लिभ र नगद सहायता जस्ता जन्मदर बढाउने नीतिको हिस्सा हो।

यद्यपि, विज्ञहरूले गर्भनिरोधक साधनमा कर बढाउँदा जन्मदरमा ठोस प्रभाव पर्नेमा शंका व्यक्त गरेका छन्। केहीले यसले अनिच्छित गर्भधारण र स्वास्थ्य जोखिम बढ्न सक्ने चेतावनी दिएका छन्। — बीबीसी हिन्दीबाट साभार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 January 2026
Website | + posts