जन्मदर बढाउन चीनले कण्डममा लगायो १३ प्रतिशत कर

जन्मदर बढाउन चीनले कण्डममा लगायो १३ प्रतिशत कर : Icon Khabar

काठमाडौं, पुस १८ । चीन सरकारले जन्मदर बढाउने उद्देश्यले कण्डमसहित गर्भनिरोधक साधनमा १३ प्रतिशत कर लगाएको छ। यो व्यवस्था २०२६ जनवरी १ बाट लागू भएको हो।

घट्दो जनसंख्या समस्यासँग जुधिरहेको चीनले कर प्रणालीमा परिवर्तन गर्दै विवाह र ज्येष्ठ नागरिकको हेरचाहसम्बन्धी सेवाहरूलाई भने भ्याटबाट छुट दिएको छ। सरकारको यो कदम पेरेन्टल लिभ र नगद सहायता जस्ता जन्मदर बढाउने नीतिको हिस्सा हो।

यद्यपि, विज्ञहरूले गर्भनिरोधक साधनमा कर बढाउँदा जन्मदरमा ठोस प्रभाव पर्नेमा शंका व्यक्त गरेका छन्। केहीले यसले अनिच्छित गर्भधारण र स्वास्थ्य जोखिम बढ्न सक्ने चेतावनी दिएका छन्। — बीबीसी हिन्दीबाट साभार

Published Date: 02 January 2026


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर