कास्की, पुस १८ । कास्कीको पोखरा महानगरपालिकामा शुक्रबारदेखि चार दिनसम्म बिहान बिजुलीको लाइन काटिने हुने भएको छ । नेपाल विद्युत प्राधिकरण पोखरा ग्रिड महाशाखाले बिहीबार सूचना प्रकाशन गरी यस्तो जानकारी दिएको हो ।
महाशाखाका प्रमुख रोशन खड्काले पोखरा उपत्यकामा बिजुली वितरण गरिने कुँडहर सबस्टेशनमा १३२ केभी बसबार मर्मत गर्न दैनिक पाँच घण्टा बिजुली काटिने जानकारी दिनुभयो । शुक्रबारेखि मङ्गलबारसम्म बिहान ६ बजेदेखि ११ बजेसम्म लाइन काटेर बसबार मर्मत गरिने उहाँको भनाइ छ ।
चार दिन बसबार मर्मतपछि सोमबार ११ बजेपछि बिजुली नियमित आपूर्ति हुने जनाइएको छ ।
Published Date: 02 January 2026-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1