पोखरामा आजदेखि चार दिनसम्म दैनिक ५ घण्टा बिजुलीको लाइन काटिने

पोखरामा आजदेखि चार दिनसम्म दैनिक ५ घण्टा बिजुलीको लाइन काटिने : Icon Khabar

कास्की, पुस १८ । कास्कीको पोखरा महानगरपालिकामा शुक्रबारदेखि चार दिनसम्म बिहान बिजुलीको लाइन काटिने हुने भएको छ । नेपाल विद्युत प्राधिकरण पोखरा ग्रिड महाशाखाले बिहीबार सूचना प्रकाशन गरी यस्तो जानकारी दिएको हो ।

महाशाखाका प्रमुख रोशन खड्काले पोखरा उपत्यकामा बिजुली वितरण गरिने कुँडहर सबस्टेशनमा १३२ केभी बसबार मर्मत गर्न दैनिक पाँच घण्टा बिजुली काटिने जानकारी दिनुभयो । शुक्रबारेखि मङ्गलबारसम्म बिहान ६ बजेदेखि ११ बजेसम्म लाइन काटेर बसबार मर्मत गरिने उहाँको भनाइ छ ।

चार दिन बसबार मर्मतपछि सोमबार ११ बजेपछि बिजुली नियमित आपूर्ति हुने जनाइएको छ ।

Published Date: 02 January 2026


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर