केरुङ–रसुवागढी नाका जोड्ने बेली ब्रिज छिट्टै सञ्चालनमा आउने

केरुङ–रसुवागढी नाका जोड्ने बेली ब्रिज छिट्टै सञ्चालनमा आउने : Icon Khabar

काठमाडौं, पुस १६ । नेपाल–चीन व्यापार र आवागमनका लागि महत्वपूर्ण मानिने केरुङ–रसुवागढी सीमा नाका जोड्ने बेली ब्रिज छिट्टै सञ्चालनमा आउने भएको छ । चिनियाँ दूतावासले सार्वजनिक गरेको जानकारीअनुसार लामो समयदेखि प्रतीक्षामा रहेको उक्त बेली ब्रिज अब चाँडै नै प्रयोगमा आउने तयारी अन्तिम चरणमा पुगेको हो ।

बाढीका कारण रसुवागढी क्षेत्रमा रहेको मितेरी पुल क्षतिग्रस्त भएपछि नेपाल–चीन सीधा स्थलमार्ग अवरुद्ध हुँदै आएको थियो । त्यसयता वैकल्पिक संरचनाको रूपमा बेली ब्रिज निर्माण कार्य अघि बढाइएको थियो । चिनियाँ पक्षको सहयोगमा निर्माण सम्पन्न भएको उक्त पुल सञ्चालनमा आएपछि सीमा नाकामा व्यापार, ढुवानी तथा आवतजावत सहज हुने अपेक्षा गरिएको छ ।

बेली ब्रिज सञ्चालनमा आएपछि आयात–निर्यात कारोबार पुनः लयमा फर्किने, उत्तरी नाकामार्फत हुने व्यापारिक गतिविधि बढ्ने तथा स्थानीय व्यवसायी र सर्वसाधारणलाई ठूलो राहत पुग्ने विश्वास गरिएको छ । साथै, नेपाल–चीनबीचको आर्थिक, व्यापारिक र कूटनीतिक सम्बन्ध थप सुदृढ हुने बताइएको छ ।

सरकारी निकाय तथा सरोकारवालाहरूका अनुसार पुल सञ्चालनको औपचारिक मिति चाँडै नै सार्वजनिक गरिनेछ । लामो समयदेखि बन्दप्रायः रहेको रसुवागढी नाका खुल्ने सुनिश्चिततासँगै व्यवसायीहरूमा उत्साह देखिएको छ ।

Published Date: 31 December 2025


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर