विश्वकप २०२६ को ट्रफी टुर कार्यक्रम नेपालमा पनि हुने

विश्वकप २०२६ को ट्रफी टुर कार्यक्रम नेपालमा पनि हुने : Icon Khabar

काठमाडौं, पुस १६ । भारत र श्रीलंकामा संयुक्त रुपमा आयोजना हुने आइसिसी पुरुष टि–२० विश्वकप २०२६ को ट्रफी टुर कार्यक्रम नेपालमा पनि हुने भएको छ ।

आगामी आगामी फेब्रुअरी ७ तारिखदेखि सञ्चालन हुने विश्वकप क्रिकेट प्रतियोगिताको ट्रफी जनवरी ५ देखि ७ तारिखसम्म नेपालमा हुने तय भएको नेपाल क्रिकेट स‌ंघ (क्यान)द्वारा आज जारी विज्ञप्तिमा जनाएको छ ।

विज्ञप्तिमा उक्त ट्रफी टुर कार्यक्रमको विस्तृत विवरण, तालिका, स्थान तथा विभिन्न गतिविधिहरूको जानकारी भने अर्को प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरिने जनाएको छ । टि–२० विश्वकपको ट्रफी पहिलो पटक नेपाल ल्याउन लागिएको हो ।

विश्वकपमा नेपाल समूह ‘सी’मा परेको छ । नेपालको समूहमा इङ्ल्यान्ड, वेस्ट इन्डिज, इटाली र बंगलादेश छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 31 December 2025
Website | + posts