यी हुन् यौन शक्ति बढाउने अचूक उपाय

यी हुन् यौन शक्ति बढाउने अचूक उपाय : Icon Khabar

काठमाडौँ, पुस १६ । गाँस, बास र कपासजस्तै यौनेच्छा पनि मानिसको आधारभूत आवश्यकता हो। यौनको विषयमा अझै पनि मानिसहरू खुलेर कुरा गर्न लजाउने गरेको समाजमा देख्न पाइन्छ। अहिलेको अवस्थामा गल्त खानपान, अस्वस्थकर जीवनशैली र अत्याधिक तनावका कारण मानिसहरूमा यौन समस्या बढेको छ। पुरूषहरूमा यौन ईच्छामा कमी, लिंग उत्तेजना नहुने र शीघ्र स्खलन मुख्य यौन समस्या हुन्। आज यस्ता १० उपायको बारेमा चर्चा गरौं जसले यौन समस्याको ठिक पार्नुका साथै तपाईंको यौन शक्तिलाई बढाउँछ।

१) व्यायाम
व्यायाम अन्तर्गत केगल्स एक्सरसाइजले यौनांग र नितम्बको वरीपरीको मांसपेशीलाई बलियो बनाउँछ। यस्का साथै अन्य प्रकारका व्ययामहरू पनि शरीरलाई स्वस्थ राख्न नियमित रूपमा गर्नुपर्ने हुन्छ।

२) ध्यान र योगाभ्यास
मानसिक समस्या जस्तै एनजाइटी र डिप्रेसनको कारण पनि मानिसहरूमा यौन समस्या देखा पर्न सक्छऽ नियमित रूपमा ध्यान र योगाभ्यास गर्नाले यस्ले मानसिक समस्याहरूमा फाइदा गर्दछ।

३) टेस्टेस्टेरोन बढाउने खानेकुराको सेवन
यौन स्वास्थयमा टेस्टेस्टेरोन हर्मोनको प्रत्यक्ष प्रभाव पर्ने हुँदा टेस्टेस्टेरोन बढाउने खानेकुरा जस्ता अण्डा, माछा मासु, ड्राइ फ्रुट्सको नियमित रूपमा सेवन गर्नुपर्छ।

४) आयुर्वेदिक औषधीहरू साथै सप्लिमेन्टसको प्रयोग
आयुर्वेदिक औषधीहरू जस्तै अश्वगन्धा, गोक्षुर बीज, कपिकच्छु, शीलाजीत, अकरकरा, मुसली, अमला, यार्सागुम्बा आदिले पनि यौन शक्तिलाई बढाउँछन्।। यी औषधीहरूको सेवन चिकित्सकको सल्लाहमा गर्नु उचित हुन्छ।। यस्ता साथै सप्लिमन्टसरू जस्तै कड लिभर वयल, ओमेगा क्याप्सुल, भिटामिन ई आदि सप्लिमेन्टसहरूको पनि सेवन चिकित्सकको सल्लाह अनुसार गर्न सकिन्छ।

५) धुम्रपान र मधपानको त्याग

धुम्रपान साथै जाँडरक्सी को अत्याधिक सेवनका कारण यौन समस्या उत्पन्न हुन सक्दछ त्यसैले जाडरक्सी , चुरोट साथै अन्य दुर्वेसनबाट बच्नु पर्ने हुन्छ।

६)पाचन प्रणालीको स्वास्थ्यको सुधार
कब्जियत, अपच, अरूची जस्ता समस्याका कारण मानिसहरूमा शारिरीक दुर्बलता उत्पन्न हुन सक्दछ। जस्ले यौन स्वास्थ्यमा पनि प्रतिकूल असर पार्दछ। त्यसैले मैदा, अत्याधिक चिल्लो र जंक फुडहरूको सेवन गर्नुहुँदैन।

७) यौन क्रियाकलापमा अनुशासन साथै बह्रमच्रर्याको पालना
वैदिक मूल्यमान्यतालाई आत्मसाथ गर्दै यौन क्रियाकलापमा अनुसाशनको पालना गर्नाले पुरूषार्थ सिद्ध हुन्छ र उत्तम सन्तानको प्राप्ति हुन्छ र सामाजिक सस्कार र सद्भाव स्थापित हुन्छ।

Published Date: 31 December 2025


ताजा
वी किड्स स्कुलमा चौथौं ‘स्कुल ओपन हाउस’ कार्यक्रम सम्पन्न
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २१ गते शनिबार
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २० गते शुक्रबार
नक्कली प्रहरी बनेर अपहरण गर्ने दीपक खड्का भक्तपुरबाट पक्राउ


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता