बुधबार नेप्से परिसूचक १०.८७ अंकले बढ्यो

बुधबार नेप्से परिसूचक १०.८७ अंकले बढ्यो : Icon Khabar

काठमाडौ, पुस १६ । बुधबार सेयरबजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । नेप्से १०.८७ अंकले बढेर २ हजार ६३३.७६ विन्दुमा कायम भएको हो । बुधबार सेयरबजारमा ३४२ कम्पनीका सेयर कारोबार भएका छन् । ती मध्ये १६३ कम्पनीका सेयरमूल्य बढेका छन् भने ८९ कम्पनीका सेयरमूल्यमा भने गिरावट आएको छ ।

आज कुल १ करोड १९ लाख ४६ हजार ३३३ कित्ता सेयर ५ अर्ब १३ करोड ४८ लाख ५० हजार रुपैयाँमा किनबेच भएको छ । कारोबार रकम मंगलबारको तुलनामा ३६ करोड रुपैयाँले बढी यो । मंगलबार ४ अर्ब ७७ करोड ४८ लाख रुपैयाँ बराबरका सेयर कारोबार भएका थिए ।

सेयरबजारमा सूचीकृत समूहगत परिसूचकमा सबै समूहका परिसूचक सकारात्मक रहेका छन् । सबैभन्दा धेरै उत्पादनशील समूहको परिसूचक १.६१ प्रतिशतले बढेको छ । एसवाई प्यानल नेपाल, न्यादी हाइड्रोपावर लिमिटेड तथा पिओर इनर्जी लिमिटेडका सेयरधनीले सबैभन्दा बढी कमाएका छन् । सबैभन्दा बढी गुमाउनेमा भने वेन नेपाल लघुवित्त वित्तीय संस्था, सिटिजन बैंकका डिवेञ्चरमा लगानीकर्ता तथा स्वाभिमान लघुवित्त वित्तीय संस्थाका सेयरधनी रहेका छन् ।

Published Date: 31 December 2025


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर