सालपा विकास बैंकले आज आइपिओ निष्कासन तथा बिक्री खुला

सालपा विकास बैंकले आज आइपिओ निष्कासन तथा बिक्री खुला : Icon Khabar

काठमाडौँ, पुस १६ । सालपा विकास बैंक लिमिटेडले आज (बुधबार)देखि आइपिओ निष्कासन तथा बिक्री खुला गर्ने गरेको छ।

बैंकले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँट गरेपछि सर्वसाधारणका लागि निष्कासन गरेको हो।

बैंकले जारी पुँजी ५२ करोड २३ लाख ८८ हजार रूपैयाँको ३३ प्रतिशतले हुन आउने १७ करोड २३ लाख ८८ हजार रूपैयाँ बराबरको १७ लाख २३ हजार ८८० कित्ता आइपिओ निष्कासन गर्ने अनुमति पाएको थियो।

सोमध्ये पहिलो चरणमा १ लाख ७२ हजार ३८८ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरूका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ।

यसका साथै बैंकले ८६ लाख १९४ कित्ता सेयर सामूहिक लगानी कोषहरूका लागि बाँडफाँट गरिसकेको छ।

दोस्रो चरणमा बैंकले २६ हजार ११९ कित्ता सेयर बैंकका कर्मचारीहरूलाई सुरक्षित राखी बाँकी रहेको १४ करोड ३९ लाख १७ हजार ९०० रूपैयाँ बराबरको प्रतिसेयर १०० रूपैयाँ अंकित मूल्यका १४ लाख ३९ हजार १७९ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो।

उक्त आइपिओमा पुस २० गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिभित्र सम्पूर्ण कित्ताका लागि आवेदन नपरेमा निष्कासन अवधि पुस ३० गतेसम्म लम्बिनेछ।

यसमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा २५ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। कम्पनीलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले ‘आइआरएन सिंगल बी इस्युअर’ रेटिङ प्रदान गरेको छ।

यसले कम्पनीको समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने अवस्थामा उच्च जोखिम रहेको जनाउँछ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

यसका साथै सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सी–आस्बा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्।

Published Date: 31 December 2025


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर