दुग्ध उद्योगद्वारा दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउने प्रस्ताव

दुग्ध उद्योगद्वारा दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउने प्रस्ताव : Icon Khabar

काठमाडौं, फागुन ८ । दुग्ध उद्योगले दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउन प्रस्ताव गरेको छ । नेपाल दुग्ध संघले दूधको उत्पादन लागतका आधारमा दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउन प्रस्ताव गरेको हो ।

प्रस्ताव मन्त्रिपरिषद्मा पठाइएको छ । प्रत्येक वर्ष राष्ट्रिय दुग्ध विकास बोर्डले दुग्ध विकास संस्थान (डिडिसी), नेपाल दुग्ध संघ, दुग्ध उद्योग संघ र केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेड नेपालसँगको समन्वयमा दूधको मूल्य निर्धारण गर्ने गरेको छ । यो मूल्य मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि कृषि मन्त्रालयमार्फत लागू हुन्छ ।

गत केहि समय अघि दुग्ध उद्योगले आफैंले दूधको मूल्य बढाएको थियो । राष्ट्रिय दुग्ध विकास बोर्डको हस्तक्षेपपछि दूधको मूल्य प्रतिलिटर १४ रुपैयाँले बढाइएको हो ।

त्यसपछि बोर्डले सातै प्रदेशमा दूधको उत्पादन लागत अध्ययन गर्न टोली गठन गरेको थियो । संघका अनुसार किसान र उद्योगको लागत अध्ययन गर्न विभिन्न प्रदेशबाट टोली आएपछि प्रतिलिटर १० रुपैयाँले मूल्य बढाउन प्रस्ताव गरेको हो ।

त्यस्तै पछिल्लो पटक दुई वर्षमा दूधको मूल्य बढेको थियो । यस वर्ष उत्पादन कम भएको भन्दै उद्योगीले मूल्य बढाउन दबाब दिएका छन् भने किसानले पशुपालन छाडेका छन् । संघका अनुसार अहिले देशभर दुग्ध उत्पादन न्यून छ ।

दैनिक तीन लाख लिटर दूध उत्पादन हुने भए पनि पछिल्लो समय दुई लाख पाँच सय लिटरभन्दा कम दूध उत्पादन भएको संघको दाबी छ । दूध उत्पादन कम भएकाले भारतबाट कच्चा दूध आयात गर्न अनुमति दिन पनि संघले माग गरेको छ । अहिले दूध र दुग्धजन्य पदार्थको आयातमा प्रतिबन्ध छ ।

त्यस्तै दुग्ध उत्पादनमा कमी आएपछि दुग्ध क्षेत्रको अवस्था दयनीय बनेको उद्योगीले बताएका छन् । फागुन अन्तिम सातासम्म दूध उत्पादन उच्च थियो । त्यसपछि अभाव झनै बढ्छ । संघका अनुसार अहिले दैनिक ३० प्रतिशतभन्दा कम दूध उत्पादन भईरहेको र केही दिनमा ५० प्रतिशतले पनि घट्ने संघले जनाएको छ । दूधको अभाव निजी क्षेत्रले मात्रै नभएर सरकारी दूध विकास संस्थानले पनि भोगेको छ ।

डिडिसीका अनुसार दैनिक एक लाख लिटर दूध संकलन भइरहेको छ । यसअघि हिउँदमा १ लाख ६० हजार लिटर दूध संकलन हुने गरेको थियो । दूध संकलन कम भएकाले पानी र धुलो दूधको उत्पादन घटेको डिडिसीले जनाएको छ । निगमसँग ५० हजार टन पानी र ८० हजार टन धुलो दूध मात्र छ ।

Published Date: 20 February 2023


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु