मंगलबार सेयरबजार ३.२७ अंकले बढ्यो

मंगलबार सेयरबजार ३.२७ अंकले बढ्यो : Icon Khabar

काठमाडौ, पुस ८ । साताको तेस्रो कारोबार दिन मंगलबार सेयरबजार परिसूचक नेप्सेमा सामान्य सुधार आएको छ । आइतबार र सोमबार लगातार दोहोरो अंकले घटेको सेयरबजार मंगलबार भने ३.२७ अंकले बढेको छ । मंगलबार नेप्से २ हजार ५८४.४९ विन्दुमा कायम भएको छ ।

आज सेयरबजारमा ३२८ कम्पनीका सेयर कारोबार भएका छन् । जसमध्ये १३४ कम्पनीका सेयरमूल्य बढेका छन् भने ११७ कम्पनीका सेयरमूल्य भने घटेका छन् । आज सेयरबजारमा ७६ लाख ६८ हजार ९१५ कित्ता सेयर ३ अर्ब ४२ करोड ९८ लाख ९४ हजार रुपैयाँमा किनबेच भएको छ ।

कारोबार रकम भने सोमबारको तुलनामा ८ करोड ६० लाख रुपैयाँले कमी हो । सेयरबजारमा सूचीकृत समूहगत परिसूचकमध्ये वाणिज्य बैंक, वित्त, होटेल तथा पर्यटन, जलविद्युत, उत्पादनशील, लघुवित्त तथा अन्य समूहका परिसूचक सकारात्मक रहेका छन् । विकास बैंक, लगानी, जीवन बीमा, म्युचुवल फण्ड, निर्जीवन बीमा तथा व्यापार समूहको परिसूचक ओरालो लागेका छन् ।

Published Date: 23 December 2025


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी