काठमाडौं, पुस ८ । काठमाडौं महानगरपालिकाले कागजमा मात्रै दर्ता भई भौतिक रूपमा सञ्चालनमा नरहेका विद्यालयहरूको अनुमति खारेज गर्ने प्रक्रिया अघि बढाएको छ ।
महानगरको शिक्षा विभागले सोमवार सूचना जारी गर्दै यस्ता १०७ विद्यालयलाई १५ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको हो।शिक्षा समितिको साउन २८ गतेको निर्णयअनुसार गरिएको अनुगमनमा कतिपय विद्यालय तोकिएको स्थानमै नदेखिएको र सञ्चालनमा नरहेको पाइएको विभागले जनाएको छ ।
विभिन्न चरणमा गरिएको स्थलगत अनुगमनका आधारमा ती विद्यालयको सूची सार्वजनिक गरिएको हो । शिक्षा विभागका अनुसार सूचीमा परेका विद्यालय वास्तवमै सञ्चालनमा भए प्रधानाध्यापक, सञ्चालक वा व्यवस्थापकले १५ दिनभित्र विभागमा उपस्थित भई आवश्यक प्रमाण पेश गर्नुपर्नेछ ।
तोकिएको समयसीमाभित्र सम्पर्कमा नआउने तथा सञ्चालन पुष्टि गर्न नसक्ने विद्यालयलाई स्थायी रूपमा बन्द गर्न नगर कार्यपालिकामा सिफारिस गरिने तयारी महानगरको छ ।
Published Date: 23 December 2025-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1