भौतिक रूपमा सञ्चालनमा नरहेका विद्यालयहरूको अनुमति काठमाडौं महानगरले खारेज गर्ने

भौतिक रूपमा सञ्चालनमा नरहेका विद्यालयहरूको अनुमति काठमाडौं महानगरले खारेज गर्ने : Icon Khabar

काठमाडौं, पुस ८ । काठमाडौं महानगरपालिकाले कागजमा मात्रै दर्ता भई भौतिक रूपमा सञ्चालनमा नरहेका विद्यालयहरूको अनुमति खारेज गर्ने प्रक्रिया अघि बढाएको छ ।

महानगरको शिक्षा विभागले सोमवार सूचना जारी गर्दै यस्ता १०७ विद्यालयलाई १५ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको हो।शिक्षा समितिको साउन २८ गतेको निर्णयअनुसार गरिएको अनुगमनमा कतिपय विद्यालय तोकिएको स्थानमै नदेखिएको र सञ्चालनमा नरहेको पाइएको विभागले जनाएको छ ।

विभिन्न चरणमा गरिएको स्थलगत अनुगमनका आधारमा ती विद्यालयको सूची सार्वजनिक गरिएको हो । शिक्षा विभागका अनुसार सूचीमा परेका विद्यालय वास्तवमै सञ्चालनमा भए प्रधानाध्यापक, सञ्चालक वा व्यवस्थापकले १५ दिनभित्र विभागमा उपस्थित भई आवश्यक प्रमाण पेश गर्नुपर्नेछ ।

तोकिएको समयसीमाभित्र सम्पर्कमा नआउने तथा सञ्चालन पुष्टि गर्न नसक्ने विद्यालयलाई स्थायी रूपमा बन्द गर्न नगर कार्यपालिकामा सिफारिस गरिने तयारी महानगरको छ ।

Published Date: 23 December 2025


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी