भक्तपुरमा ‘पोटरी स्क्वायर स्ट्रिट फेस्टिवल–२०२५’ आयोजना हुँदै

भक्तपुरमा ‘पोटरी स्क्वायर स्ट्रिट फेस्टिवल–२०२५’ आयोजना हुँदै : Icon Khabar

भक्तपुर, पुस ८ । भक्तपुरको ऐतिहासिक पोटरी स्क्वायर क्षेत्रमा यही पुस ११ र १२ गते (२०८२) ‘पोटरी स्क्वायर स्ट्रिट फेस्टिवल–२०२५’ आयोजना हुने भएको छ। कल्चर क्याफे एण्ड बारको प्रस्तुतिमा सञ्चालन हुन लागेको उक्त फेस्टिवलले स्थानीय संस्कृति, परम्परा र दिगो पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

फेस्टिवलमा परम्परागत नेवारी खानाका स्टल, विशेषगरी परम्परागत भोजको व्यवस्था रहनेछ। साथै, लाइभ संगीत तथा सांस्कृतिक प्रस्तुतिमार्फत दर्शक तथा पर्यटकलाई स्थानीय कला–संस्कृतिसँग नजिकबाट परिचित गराइने आयोजकले जनाएको छ।

कार्यक्रमअन्तर्गत माटोका भाँडा निर्माण (पोटरी), पेन्टिङ तथा मूर्तिकलासम्बन्धी प्रदर्शनी तथा गतिविधिहरू पनि रहनेछन्। यसले भक्तपुरको मौलिक पहिचानका रूपमा रहेको माटो कला र हस्तकलालाई प्रवर्द्धन गर्ने विश्वास लिइएको छ।

फेस्टिवललाई सस्टेनेबल टुरिज्म भक्तपुरको अवधारणासँग जोड्दै आयोजना गर्न लागिएको हो। कार्यक्रममा विभिन्न सांस्कृतिक नृत्य, मुखौटा नाच तथा परम्परागत झाँकीहरू समेत प्रस्तुत गरिने जनाइएको छ।

उक्त फेस्टिवल एकीकृत हाकुज्या प्रजापति समाज, ख्वपको सहयोगमा आयोजना हुन लागेको हो। आयोजकका अनुसार फेस्टिवलले आन्तरिक तथा बाह्य पर्यटकलाई भक्तपुरको जीवनशैली, संस्कृति र खानपान नजिकबाट अनुभूति गराउने अवसर प्रदान गर्नेछ।

Published Date: 23 December 2025
ताजा
काम गर्न नसके राजीनामा दिनू: प्रधानमन्त्री बालेन शाह
अविरल बर्षाका कारण काभ्रेको रोशी खोलामा आएको बाढीमा परि फसे ७ जना व्यक्तिहरू
“नेटिभ पर्यटकसँगको यात्रा” : भक्तपुरलाई नजिकबाट चिनाउने विशेष हेरिटेज वाक भोलि हुँदै
राष्ट्रिय स्वतन्त्र पार्टीको निजामती सेवा सम्बन्धी स्पष्टिकरण


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता