जेनजी आन्दोलन जाँझबुझ आयोगद्वारा एक महिना म्याद थप गर्न सरकारलाई आग्रह

जेनजी आन्दोलन जाँझबुझ आयोगद्वारा एक महिना म्याद थप गर्न सरकारलाई आग्रह : Icon Khabar

काठमाडौं, पुस २ । जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका घटनाबारे जाँझबुझ गर्न गठित आयोगले एक महिना म्याद थप गर्न सरकारलाई आग्रह गरेको छ ।

बुधबार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीेसँग छलफल गर्दै आयोगका पदाधिकारीहरुले जाँचबुझ आयोगको म्याद एक महिना थप गर्न आग्रह गरेका हुन् ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा ५ असोजमा जाँचबुझ आयोग गठन भएको थियो । आयोगको म्याद तीन महिना तोकिएको थियो । म्याद सकिन लाग्दा पनि बयान लिने क्रम नै जारी रहेकाले आयोग पदाधिकारीहरुले थप समय माग गरेका छन् ।

जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आयोगलाई काम गर्न केही समय अपुग भएकाले एक महिना थप गर्न प्रधानमन्त्रीसमक्ष आग्रह गरेको जानकारी दिए ।

जवाफमा प्रधानमन्त्री कार्कीले समय थप गर्ने जानकारी गराएको पनि उनले बताए ।

त्यस्तै कार्कीले अर्को साता पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्री लगायत राजनीतिक दलका नेताहरुलाई बयानमा बोलाउने तयारी भएको जानकारी पनि दिए ।

जाँचबुझ आयोगले जेनजी घटनाका सम्बन्धमा सुरक्षा र प्रशासनका उच्च अधिकारीहरूको बयान लिइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 17 December 2025
Website | + posts