भक्तपूर नगरव्यापी विद्यालयस्तरीय खेलकूद प्रतियोगितामा भक्तपूर मोडर्न स्कूलको उत्कृष्ट प्रदर्शन

भक्तपूर नगरव्यापी विद्यालयस्तरीय खेलकूद प्रतियोगितामा भक्तपूर मोडर्न स्कूलको उत्कृष्ट प्रदर्शन : Icon Khabar

भक्तपुर, पुस ३ । भक्तपूर नगरपालिकाद्वारा आयोजना गरिएको भक्तपूर नगरव्यापी विद्यालयस्तरीय खेलकूद प्रतियोगिता २०८२ मंसिर २५ गतेदेखि पूस १ गतेसम्म सफलतापूर्वक सम्पन्न भएको छ। उक्त प्रतियोगितामा भक्तपूर मोडर्न इङ्ग्लिस सेकेण्डरी स्कूल, सृजनानगरका विद्यार्थीहरूले विभिन्न खेल विधामा उत्कृष्ट प्रदर्शन गर्दै उल्लेखनीय सफलता हासिल गरेका छन्।

छात्र कबड्डी तर्फ भक्तपूर मोडर्न इङ्ग्लिस सेकेण्डरी स्कूलले प्रथम स्थान हासिल गर्न सफल भएको छ। उक्त विजयी टिममा कक्षा १२ का छात्र मनिष गिरी, रेमन सिल्पकार, बुद्ध योन्जन, अमिन प्रजापति, बिपन दाहाल र कृष्णराम श्रेष्ठ तथा कक्षा ११ का छात्र बिरोज तामाङ, आदित्य श्रेष्ठ, ज्ञानेन्द्र बूढाक्षेत्री र विकास खड्का रहेका थिए।

त्यसैगरी छात्रा कबड्डी तर्फ विद्यालयले द्वितीय स्थान हासिल गरेको छ। उक्त टोलीमा कक्षा १२ की छात्रा सोनिका तामाङ, छेन्छु डोल्मा तामाङ, समिना तामाङ, रोजिना आले मगर, सुस्मिता खड्का र अर्चना मगर तथा कक्षा ११ की छात्रा सबिना घिसिङ, एन्जेल श्रेष्ठ र सोनिका थापा मगर सहभागी थिए।

व्यक्तिगत विधातर्फ कबड्डी छात्र तर्फ ‘बेष्ट क्याचर’ को उपाधि कक्षा ११ का छात्र बिरोज तामाङले हात पार्न सफल भएका छन्। साथै छात्रा एकल टेबल टेनिसतर्फ कक्षा १२ की छात्रा रिया तिवारीले द्वितीय स्थान हासिल गरेकी छन्।

तेक्वाण्डो तर्फ २२–३० तौल समूह (क्याटागोरी) मा कक्षा ४ की छात्रा सायरा भण्डारीले प्रथम स्थान प्राप्त गर्दै विद्यालयलाई थप गौरव दिलाएकी छन्। त्यस्तै टेबल टेनिस छात्र तर्फ ‘उदयमान खेलाडी’ को उपाधि कक्षा ७ का छात्र कबिराज शिवाकोटीले प्राप्त गरेका छन्।

विद्यालय परिवारले प्रतियोगितामा सहभागी भई सफलता हासिल गर्ने सम्पूर्ण विद्यार्थीहरूलाई बधाई दिँदै उनीहरूको उज्ज्वल भविष्यको कामना गरेको छ। यस उपलब्धिले विद्यालयको शैक्षिकसँगै खेलकूद क्षेत्रमा पनि उत्कृष्ट पहिचान स्थापित भएको मोडर्न स्कूल अनि कलेजका प्रिन्सिपल अनिल कसपालले आइकन खबरलाई जानकारी दिए।

Published Date: 18 December 2025


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै