बुधबार नेप्से परिसूचक ५.७० अंकले बढ्यो

बुधबार नेप्से परिसूचक ५.७० अंकले बढ्यो : Icon Khabar

काठमाडौँ, पुस २ । साताको चौथो कारोबार दिन सेयरबजार परिसूचक नेप्से सामान्य अंकले बढेको छ । बुधबार नेप्से ५.७० अंकले बढेर २ हजार ६२५.७० विन्दुमा कायम भएको छ । बुधबार सेयरबजारमा ३३२ कम्पनीका सेयर कारोबार भएका छन् ।

जसमध्ये १४३ कम्पनीका सेयरमूल्य बढेका छन् भने १०४ कम्पनीका सेयरमूल्य भने ओरालो लागेका छन् । बाँकी ११ कम्पनीका सेयरमूल्य स्थिर रहेका छन् । आज ८५ लाख ९८ हजार ४२४ कित्ता सेयर ४ अर्ब ५ करोड ३७ लाख २१ हजार रुपैयाँमा किनबेच भएको छ । कारोबार रकम मंगलबारको तुलनामा ७५ करोड ९५ लाख रुपैयाँले बढी हो ।

सेयरबजारमा सूचीकृत समूहगत परिसूचकमध्ये वाणिज्य बैंक, विकास बैंक, वित्त, जलविद्युत, लगानी, जीवन बीमा, उत्पादनशील, लघुवित्त, म्युचुअल फण्ड तथा अन्य समूहका परिसूचक सकारात्मक रहेका छन् । सबैभन्दा धेरै वित्त समूहको परिसूचक १.७५ प्रतिशतले बढेको छ । होटेल तथा पर्यटन, निर्जीवन बीमा तथा व्यापार समूहको परिसूचकमा भने गिरावट आएको छ ।

Published Date: 17 December 2025


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै