थप पाँच देशका नागरिकहरूलाई अमेरिका आउन पूर्ण प्रतिबन्ध

थप पाँच देशका नागरिकहरूलाई अमेरिका आउन पूर्ण प्रतिबन्ध : Icon Khabar

वाशिङ्टन, पुस २ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन नीति कडा बनाउँदै ट्राभल ब्यान(यात्रा प्रतिवन्ध)को दायरा ३९ देशसम्म विस्तार गरेका छन्। यससँगै अमेरिका यात्रा तथा बसोबास गर्न पाउने देशहरूको संख्या यस वर्षको सुरुवातमा गरिएको घोषणाको तुलनामा दोब्बर भएको छ।

नयाँ घोषणाअनुसार थप पाँच देशका नागरिकहरूसँगै प्यालेस्टिनी अथोरिटीद्वारा जारी यात्रा कागजातमा अमेरिका जान चाहनेहरूलाई पनि पूर्ण प्रतिबन्धको सूचीमा राखिएको छ। यस्तै, १५ अन्य देशमाथि आंशिक प्रतिबन्ध तथा प्रवेश सीमा लगाइएको छ।

ट्रम्प प्रशासनका अनुसार यो निर्णय अमेरिका प्रवेशसम्बन्धी यात्रा र आप्रवासन मापदण्डलाई थप कडा बनाउने निरन्तर प्रयासको अंग हो। यसअघि जुन महिनामा १२ देशका नागरिकमाथि पूर्ण प्रतिबन्ध र सात देशका नागरिकमाथि आंशिक प्रतिबन्ध लगाउने घोषणा गरिएको थियो।

हाल लागू प्रतिबन्धअनुसार पहिले नै भिसा पाएका, अमेरिकाका कानुनी स्थायी बासिन्दा, कूटनीतिक तथा खेलाडी जस्ता विशेष भिसा श्रेणीका व्यक्तिहरूलाई भने यसबाट छुट दिइएको छ। यद्यपि, नयाँ प्रतिबन्ध कहिलेदेखि कार्यान्वयन हुने भन्ने विषयमा प्रशासनले स्पष्ट पारेको छैन।

प्रशासनले प्रतिबन्धको कारण उल्लेख गर्दै धेरै देशहरूमा व्यापक भ्रष्टाचार, नक्कली अथवा अविश्वसनीय नागरिक कागजात तथा आपराधिक अभिलेखका कारण सुरक्षा जाँच कठिन भएको जनाएको छ।

Published Date: 17 December 2025


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै