उपत्यकाको न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री सेल्सियस मापन, चिसो बढ्दै

उपत्यकाको न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री सेल्सियस मापन, चिसो बढ्दै : Icon Khabar

काठमाडौं, पुस १ । आजदेखि पुस महिना प्रारम्भ भएको छ । पुसको पहिलो दिन अर्थात आज पुस १ गते मंगलवार काठमाडौं उपत्यकामा चिसो थप बढेको छ । सोमवारको तुलनामा मंगलवार न्यूनतम तापक्रम घटेसँगै बिहानको चिसो बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज बिहान ५ बजेर ४५ मिनेटमा गरिएको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ । सोमवार यही समयमा न्यूनतम तापक्रम ५ दशमलव ९ डिग्री सेल्सियस रहेको थियो ।

यद्यपि सोमवार बिहान ८ बजेर ४५ मिनेटमा तापक्रम घटेर ५ दशमलव ४ डिग्री सेल्सियसमा झरेको थियो । मंगलवारको आधिकारिक न्यूनतम तापक्रम पनि यही समयमा पुनः मापन गरिने भएकाले हालको भन्दा तापक्रम अझै तल झर्न सक्ने अनुमान गरिएको छ ।

Published Date: 16 December 2025


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै