काठमाडौं, पुस १ । आजदेखि पुस महिना प्रारम्भ भएको छ । पुसको पहिलो दिन अर्थात आज पुस १ गते मंगलवार काठमाडौं उपत्यकामा चिसो थप बढेको छ । सोमवारको तुलनामा मंगलवार न्यूनतम तापक्रम घटेसँगै बिहानको चिसो बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज बिहान ५ बजेर ४५ मिनेटमा गरिएको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ । सोमवार यही समयमा न्यूनतम तापक्रम ५ दशमलव ९ डिग्री सेल्सियस रहेको थियो ।
यद्यपि सोमवार बिहान ८ बजेर ४५ मिनेटमा तापक्रम घटेर ५ दशमलव ४ डिग्री सेल्सियसमा झरेको थियो । मंगलवारको आधिकारिक न्यूनतम तापक्रम पनि यही समयमा पुनः मापन गरिने भएकाले हालको भन्दा तापक्रम अझै तल झर्न सक्ने अनुमान गरिएको छ ।
Published Date: 16 December 2025-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1