प्रधानमन्त्री कार्की र पूर्व राष्ट्रपतिबीच भेटवार्ता

प्रधानमन्त्री कार्की र पूर्व राष्ट्रपतिबीच भेटवार्ता : Icon Khabar

काठमाडौैँ, मंसिर २१ । प्रधानमन्त्री सुशीला कार्कीसँग पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेर पूर्व राष्ट्रपति भण्डारीले प्रधानमन्त्री कार्कीसँग भेट गर्नु भएको हो ।

भेटम पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री हुनुहुन्छ भने भण्डारी नेपालको पहिलो महिला राष्ट्रपति हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 07 December 2025
Website | + posts