आइतबार नेप्से परिसूचक २१.४८ अंकले घट्यो

आइतबार नेप्से परिसूचक २१.४८ अंकले घट्यो : Icon Khabar

काठमाडौ, मंसिर २१ । साताको पहिलो दिन आइतबार सेयरबजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से २१.४८ अंकले घटेर २ हजार ६०९.६९ विन्दुमा कायम भएको हो । आइतबार सेयरबजारमा ३२५ कम्पनीका सेयर कारोबार भएका छन् ।

यीमध्ये ४६ कम्पनीका सेयरमूल्य बढेका छन् भने २०४ कम्पनीका सेयरमूल्य घटेका छन् । बाँकी आठ कम्पनीका सेयरमूल्य भने स्थिर रहेका छन् । आज सेयरबजारमा १ करोड ७ लाख १८ हजार ६१५ कित्ता सेयर ५ अर्ब ३३ करोड ४४ लाख १५ हजार रुपैयाँमा किनबेच भएको छ ।

कारोबार रकम भने गत बुधबारको तुलनामा ९ करोड ८७ लाख रुपैयाँले बढी हो । आज सेयरबजारमा सूचीकृत सबै समूहका परिसूचक ओरालो लागेका छन् । सबैभन्दा धेरै जलविद्युत समूहको परिसूचक १.२२ प्रतिशतले घटेको छ ।

Published Date: 07 December 2025
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा