आइतबार नेप्से परिसूचक २१.४८ अंकले घट्यो

आइतबार नेप्से परिसूचक २१.४८ अंकले घट्यो : Icon Khabar

काठमाडौ, मंसिर २१ । साताको पहिलो दिन आइतबार सेयरबजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से २१.४८ अंकले घटेर २ हजार ६०९.६९ विन्दुमा कायम भएको हो । आइतबार सेयरबजारमा ३२५ कम्पनीका सेयर कारोबार भएका छन् ।

यीमध्ये ४६ कम्पनीका सेयरमूल्य बढेका छन् भने २०४ कम्पनीका सेयरमूल्य घटेका छन् । बाँकी आठ कम्पनीका सेयरमूल्य भने स्थिर रहेका छन् । आज सेयरबजारमा १ करोड ७ लाख १८ हजार ६१५ कित्ता सेयर ५ अर्ब ३३ करोड ४४ लाख १५ हजार रुपैयाँमा किनबेच भएको छ ।

कारोबार रकम भने गत बुधबारको तुलनामा ९ करोड ८७ लाख रुपैयाँले बढी हो । आज सेयरबजारमा सूचीकृत सबै समूहका परिसूचक ओरालो लागेका छन् । सबैभन्दा धेरै जलविद्युत समूहको परिसूचक १.२२ प्रतिशतले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 07 December 2025
Website | + posts