मंगलबार नेप्से परिसूचक ०.५३ अंकले घट्यो

मंगलबार नेप्से परिसूचक ०.५३ अंकले घट्यो : Icon Khabar

काठमाडौँ, मंसिर १६ । साताको तेस्रो कारोबार दिन मंगलबार पनि सेयरबजार परिसूचक नेप्से ओरालो लागेको छ । मंगलबार नेप्से ०.५३ को झिनो अंकले घटेर २ हजार ६४४.७० विन्दुमा कायम भएको हो । मंगलबार सेयरबजारमा ३२४ कंपनीका सेयर कारोबार भएकोमा ३८.५८ प्रतिशत कम्पनीका सेयरमूल्यमा सुधार आएको छ । यस्तै, ३६.७२ प्रतिशत कम्पनीका सेयरमूल्यमा गिरावट आएको छ भने चार प्रतिशत कम्पनीका सेयरमूल्य भने स्थिर रहेका छन् ।

मंगलबार सेयरबजारमा एक करोड ८ लाख १० हजार १०६ कित्ता सेयर ४ अर्ब ४८ करोड १३ लाख ९४ हजार रुपैयाँमा किनबेच भएको छ । कारोबार रकम सोमबारको तुलनामा २३ करोड ५० लाख रुपैयाँले कमी हो ।

सेयरबजारमा सूचीकृत समूहगत परिसूचकमध्ये विकास बैंक, वित्त, जलविद्युत, उत्पादनशील, म्युचल फण्ड, निर्जीवन बीमा, व्यापार तथा अन्य समूहका परिसूचक बढेका छन् । सबैभन्दा धेरै व्यापार समूहको परिसूचक ०.७५ प्रतिशतले बढेको छ ।

वाणिज्य बैंक, होटेल तथा पर्यटन, लगानी, जीवन बीमा तथा लघुवित्त समूहका परिसूचक भने ओरालो लागेका छन् । सागर डिष्टीलरी, स्वस्तिक लघुवित्त वित्तीय संस्था तथा झापा इनर्जीका सेयरधनीले सबैभन्दा बढी कमाएका छन् । सबैभन्दा बढी गुमाउनेमा भने ग्रीन भेन्चर्स लिमिटेड, स्टाण्डर्ड चार्टड बैंक तथा एनआईसी एसिया सेलेक्ट फण्डका लगानीकर्ता छन् ।

Published Date: 02 December 2025


ताजा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर
आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
देशबासीका नाममा प्रधानमन्त्री बालेन शाहले गरेको सम्बोधन यस्तो छ
पूर्वराजा ज्ञानेन्द्रद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, सामाजिक सद्भाव कायम गर्न आग्रह


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु