सोमबार नेप्से परिसूचक ९.७८ अंकले बढ्यो

सोमबार नेप्से परिसूचक ९.७८ अंकले बढ्यो : Icon Khabar

काठमाडौ, मंसिर १ । साताको दोस्रो दिन सोमबार सेयरबजार परिसूचक नेप्से बढेको छ । सोमबार नेप्से ९.७८ अंकले बढेर २ हजार ५५०.३६ विन्दुमा कायम भएको हो । आज सेयरबजारमा कुल ३३५ कम्पनीका सेयर कारोबार भएका छन् ।

यी मध्ये १६७ कम्पनीका सेयरमूल्य बढेका छन् भने ७६ कम्पनीका सेयरमूल्य ओरालो लागेका छन् । बाँकी १३ कम्पनीका सेयरमूल्य भने स्थिर रहेका छन् । आज कुल ८८ लाख ९३ हजार ७७८ कित्ता सेयर ६१ हजार ६३५ कारोबारबाट ३ अर्ब ९४ करोड ६० लाख ७४ हजार रुपैयाँमा किनबेच भएको छ । सेयर कारोबार रकम आइतबारको तुलनामा १.३४ प्रतिशतको वृद्धि हो ।

सेयरबजारमा सूचीकृत समूहगत परिसूचकमध्ये निर्जीवन बीमा तथा अन्य समूहका परिसूचक नकारात्मक रहेका छन् । बाँकी सबै समूहका परिसूचक सकारात्मक रहेका छन् । सबैभन्दा धेरै विकास बैंक समूहको परिसूचक १.५० प्रतिशतले बढेको छ । बन्दीपुर केवलकार तथा टुरिजम लिमिटेड, सागर डिष्टीलरी तथा बुङगल हाइड्रो लिमिटेडका सेयरधनीले सबैभन्दा बढी कमाएका छन् । सबैभन्दा बढी गुमाउनेमा भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी, कुमारी इक्युटी फण्ड तथा एनआईवीएल स्टेवल फण्डका लगानीकर्ता छन् ।

Published Date: 17 November 2025


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर