शेख हसिनालाई मृत्युदण्डको फैसला सुनाउँदा अदालतभित्रै हर्षोल्लास

शेख हसिनालाई मृत्युदण्डको फैसला सुनाउँदा अदालतभित्रै हर्षोल्लास : Icon Khabar

काठमाडौँ, मंसिर १ । बाङ्ग्लादेशमा एउटा विशेष अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई गत वर्ष सयौँ मानिसको मृत्यु भएको आन्दोलन दमन गरेको मुद्दामा दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको छ।

ढाकास्थित बाङ्ग्लादेशको अन्तर्राष्ट्रिय फौजदारी ट्राइब्यूनल (आईसीटी)ले उनीसहित उनको मन्त्रिपरिषद्‌मा आन्तरिक मामिलामन्त्री असदुज्जमान खान कमल र तात्कालिक प्रहरी प्रमुख चौधरी अबुल्लाह अल-मामुनले मानवताविरुद्धको अपराध गरेको ठहर गरेको हो।

फैसला सुनाइँदा अदालतको कक्षमा वकिलहरू, मृतकका आफन्तहरू र सञ्चारकर्मीहरूसहित १०० जनाभन्दा बढी मानिस उपस्थित थिए। मृत्युदण्डको फैसला सुनाइँदा अदालतभित्र र बाहिर मानिसहरूले हर्षोल्लास गरेका थिए।

अदालतबाहिर एउटा सानो समूहले हसिनालाई फाँसी दिनुपर्ने भन्दै नाराबाजी गरेको थियो। अदालतको मर्यादा कायम राख्न आग्रह गरिएपछि भित्र भएका मानिसहरू केही बेरमै शान्त बनेका थिए।

हसिनाले पाँच पृष्ठ लामो विज्ञप्ति जारी गर्दै त्यो “पूर्वाग्रही र राजनीतिक रूपबाट प्रेरित भएको” टिप्पणी गरेकी छन्।

Published Date: 17 November 2025


ताजा
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको केही स्थानमा भारी वर्षाको सम्भावना
सोमबारका लागि विदेशी मुद्राको विनिमयदर
आज सोमबारको राशिफल
आइतबार पनि सुनको मूल्य बढ्यो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली