मुलुकभर तापक्रम घट्ने तथा चिसो बढ्ने क्रम जारी, सतर्क रहन आग्रह

मुलुकभर तापक्रम घट्ने तथा चिसो बढ्ने क्रम जारी, सतर्क रहन आग्रह : Icon Khabar

काठमाडौं, मंसिर १ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार आज आज देशभरको मौसम सफा रहने छ ।

यसका साथै महाशाखाले मुलुकभर तापक्रम घट्ने तथा चिसो बढ्ने क्रम जारी रहेको हुँदा सबैलाई सतर्क भएर बस्न आग्रह गरेको छ ।महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन ।

महाशाखाका अनुसार, आज दिउँसो कोशी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

राति पनि देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 17 November 2025
Website | + posts