इन्टरनेशनल ग्रीन डेभलपर्स नेपालद्वारा ‘Ecopanel’ नाम प्रयोगमा कडा चेतावनी

“Ecopanel” ब्रान्ड नाम प्रयोग बन्द नगरे कानुनी कारबाही अघि बढाइने

इन्टरनेशनल ग्रीन डेभलपर्स नेपालद्वारा ‘Ecopanel’ नाम प्रयोगमा कडा चेतावनी : Icon Khabar

भक्तपुर, कार्तिक ३० । इन्टरनेशनल ग्रीन डेभलपर्स नेपाल प्रा.लि. गोर्खा इको प्यानलले आफूले दर्ता गरेको “Ecopanel” ट्रेडमार्कको दुरुपयोग भइरहेको भन्दै सार्वजनिक सूचना सहित कडा चेतावनी जारी गरेको छ। कम्पनीका अनुसार सो ट्रेडमार्क अन्य प्रतिस्पर्धी कम्पनीहरूले अवैध रूपमा प्रयोग गर्न थालेपछि कानुनी कारबाही प्रक्रिया अघि बढाइएको छ।

कम्पनीले प्रकाशित गरेको सूचनामा उल्लेख अनुसार “Ecopanel” ब्रान्ड नाम कम्पनीकै स्वामित्वमा रहेको र यसको दर्ता तथा नवीकरण उद्योग विभागमार्फत विधिवत रूपमा भइसकेको स्पष्ट गरिएको छ। उद्योग विभागले पनि सम्बन्धित प्रतिस्पर्धी कम्पनीलाई २०७६/१२/१२ र २०७७/०४/१० मा ट्रेडमार्क दुरुपयोग नगर्न आधिकारिक आदेश जारी गरिसकेको कम्पनीले जनाएको छ।

तर आदेशको उल्लंघन भइरहेकाले इन्टरनेशनल ग्रीन डेभलपर्स नेपाल प्रा.लि.ले २०८१/०३/१० मा प्रतिस्पर्धी कम्पनीविरुद्ध पुनः उजुरी दर्ता गरेको र त्यसको छानबिन तथा निर्णय प्रक्रियामा विभागसँग निरन्तर समन्वय भइरहेको जानकारी दिएको छ।

कम्पनीमार्फत जारी बिज्ञप्तिमा भनिएको छ “Ecopanel नामक ट्रेडमार्क हाम्रो कम्पनीको कानुनी स्वामित्वभित्र पर्ने भएकाले यसको अनधिकृत प्रयोग सम्पूर्ण रूपमा कानूनविपरीत छ। सम्बन्धित निकायले जारी गरेका निर्देशन तथा आदेशहरू तत्काल पालनाका लागि सबै पक्षलाई अनुरोध गर्दछौं।”

साथै कम्पनीले दुरुपयोगकर्ता संस्थाहरूले तुरुन्त “Ecopanel” ब्रान्ड नाम प्रयोग बन्द नगरे कानुनी कारबाही अवश्य नै अघि बढाइने चेतावनीसमेत दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 16 November 2025
Website | + posts
ताजा
आइतबार नेप्से परिसूचक ५.१५ अंकले घट्यो
इन्टरनेशनल ग्रीन डेभलपर्स नेपालद्वारा ‘Ecopanel’ नाम प्रयोगमा कडा चेतावनी
असोज महिनामा नेपालमा भित्रियो २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स
विदेशमा रहेका नेपाली नागरिकका लागि मतदान केन्द्र तोक्न अध्यादेशको तयारी


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )