इन्टरनेशनल ग्रीन डेभलपर्स नेपालद्वारा ‘Ecopanel’ नाम प्रयोगमा कडा चेतावनी

“Ecopanel” ब्रान्ड नाम प्रयोग बन्द नगरे कानुनी कारबाही अघि बढाइने

इन्टरनेशनल ग्रीन डेभलपर्स नेपालद्वारा ‘Ecopanel’ नाम प्रयोगमा कडा चेतावनी : Icon Khabar

भक्तपुर, कार्तिक ३० । इन्टरनेशनल ग्रीन डेभलपर्स नेपाल प्रा.लि. गोर्खा इको प्यानलले आफूले दर्ता गरेको “Ecopanel” ट्रेडमार्कको दुरुपयोग भइरहेको भन्दै सार्वजनिक सूचना सहित कडा चेतावनी जारी गरेको छ। कम्पनीका अनुसार सो ट्रेडमार्क अन्य प्रतिस्पर्धी कम्पनीहरूले अवैध रूपमा प्रयोग गर्न थालेपछि कानुनी कारबाही प्रक्रिया अघि बढाइएको छ।

कम्पनीले प्रकाशित गरेको सूचनामा उल्लेख अनुसार “Ecopanel” ब्रान्ड नाम कम्पनीकै स्वामित्वमा रहेको र यसको दर्ता तथा नवीकरण उद्योग विभागमार्फत विधिवत रूपमा भइसकेको स्पष्ट गरिएको छ। उद्योग विभागले पनि सम्बन्धित प्रतिस्पर्धी कम्पनीलाई २०७६/१२/१२ र २०७७/०४/१० मा ट्रेडमार्क दुरुपयोग नगर्न आधिकारिक आदेश जारी गरिसकेको कम्पनीले जनाएको छ।

तर आदेशको उल्लंघन भइरहेकाले इन्टरनेशनल ग्रीन डेभलपर्स नेपाल प्रा.लि.ले २०८१/०३/१० मा प्रतिस्पर्धी कम्पनीविरुद्ध पुनः उजुरी दर्ता गरेको र त्यसको छानबिन तथा निर्णय प्रक्रियामा विभागसँग निरन्तर समन्वय भइरहेको जानकारी दिएको छ।

कम्पनीमार्फत जारी बिज्ञप्तिमा भनिएको छ “Ecopanel नामक ट्रेडमार्क हाम्रो कम्पनीको कानुनी स्वामित्वभित्र पर्ने भएकाले यसको अनधिकृत प्रयोग सम्पूर्ण रूपमा कानूनविपरीत छ। सम्बन्धित निकायले जारी गरेका निर्देशन तथा आदेशहरू तत्काल पालनाका लागि सबै पक्षलाई अनुरोध गर्दछौं।”

साथै कम्पनीले दुरुपयोगकर्ता संस्थाहरूले तुरुन्त “Ecopanel” ब्रान्ड नाम प्रयोग बन्द नगरे कानुनी कारबाही अवश्य नै अघि बढाइने चेतावनीसमेत दिएको छ।

Published Date: 16 November 2025






ताजा
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २२ गते आइतबार
भक्तपुरमा बिस्का जात्राको तयारी तीव्र, कडा सुरक्षा व्यवस्था लागू हुने
आइतबार नेप्से परिसूचक १०५.५० अंकले घट्यो
सरकारले करिब २७ अर्ब ७५ करोड रुपैयाँ ऋण लिने


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता