असोज महिनामा नेपालमा भित्रियो २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स

असोज महिनामा नेपालमा भित्रियो २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स : Icon Khabar

काठमाडौँ, कार्तिक ३० । असोज महिनामा नेपालमा पहिलो पटक २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ५ खर्ब ५३ अर्ब ३१ करोड रेमिट्यान्स भित्रिएको छ, जुन गत आवको तुलनामा ३५.४ प्रतिशत बढी हो।
वैदेशिक रोजगारीका लागि चालु आवको असोजसम्ममा १ लाख २३ हजार ४ सय ५९ नेपालीले नयाँ श्रम स्वीकृति लिएका छन्।

३० कात्तिक, काठमाडौं । असोजमा मासिक भित्रिने रेमिट्यान्समा कीर्तिमानी बनेको छ । एकै महिनामा पहिलो पटक मुलुकमा २ खर्ब रेमिट्यान्स भित्रिएको हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार असोजमा २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो रकम चालु आर्थिक वर्षको भदौ महिनाको तुलनामा ७९ प्रतिशतले धेरै हो ।

असोज महिनामा ठूला चाडबाड धेरै हुने भएकाले विदेशमा रहेका नेपालीले स्वदेशका परिवारमा खर्च पठाउने गर्छन् । यसले पनि रेमिट्यान्स आप्रवाहमा सुधार आएको हो । गत आर्थिक वर्ष असोजमा मात्रै १ खर्ब ४४ अर्ब १७ करोड रेमिट्यान्स भित्रिएको थियो ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ५ खर्ब ५३ अर्ब ३१ करोड रेमिट्यान्स भित्रिएको केन्द्रीय बैंकले जनाएको छ । यो रकम गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ३५.४ प्रतिशत धेरै हो । गत आर्थिक वर्षको साउनदेखि असोजसम्म ४ खर्ब ७ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स आएको थियो । गत आर्थिक वर्षमा भित्रिएको रेमिट्यान्स अघिल्लो वर्षको सोही अवधिको तुलनमा ११.९ प्रतिशत बढी हो।

चालु आवको तीन महिना अवधिमा भित्रिएको रेमिट्यान्स अमेरिकी डलरमा २९.२ प्रतिशतले वृद्धि भई ३ अर्ब ९४ करोड पुगेको छ । गत आवमा यस्तो आप्रवाह १०.६ प्रतिशत बढेको थियो ।

चालु आवको असोजसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या एक लाख २३ हजार ४ सय ५९ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ७७ हजार २ सय ५७ रहेको छ । गत अवाको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः एक लाख १० हजार ६ सय ५४ र ५९ हजार ९ सय ३९ रहेको थियो ।

Published Date: 16 November 2025


ताजा
देशभर मनसुन सक्रिय, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर
आज मंगलबारको राशिफल
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको केही स्थानमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली