काठमाडौ, कार्तिक ३० । साताको पहिलो दिन आईतबार सेयरबजार परिसूचक नेप्सेमा गिरावट आएको छ । आइतबार नेप्से ५.१५ अंकले घटेर २ हजार ५४०.५७ विन्दुमा कायम भएको हो । आइतबार सेयरबजारमा ३३७ कम्पनीका सेयर कारोबार भएका छन् ।
जसमध्ये ७४ कम्पनीका सेयरमूल्य बढेका छन् भने १६८ कम्पनीका सेयरमूल्यमा गिरावट आएको छ । १४ कम्पनीका सेयरमूल्य भने स्थिर रहेका छन् । आइतबार कुल ७९ लाख ५७ हजार ५६ कित्ता सेयर ४७ हजार १७६ कारोबारबाट ३ अर्ब ८९ करोड ३९ लाख ७५ हजार रुपैयाँमा किनबेच भएको छ ।
कारोबार रकम बिहीबारको तुलनामा आइतबार बढेको हो । सेयरबजारमा सूचीकृत समूहगत परिसूचकमध्ये होटेल तथा पर्यटन, उत्पादनशील तथा अन्य समूहका परिसूचक सकारात्मक रहेका छन् । वाणिज्य बैंक, विकास बैंक, वित्त, जलविद्युत, लगानी, जीवन बीमा, लघुवित्त, म्युचल फण्ड, निर्जीवन बीमा तथा व्यापार समूहका परिसूचक ओरालो लागेका छन् ।
सागर डिष्टीलरी, बुंगल हाईड्रो तथा बन्दीपुर केवलकारका सेयरधनीले सबैभन्दा बढी कमाएका छन् । सबैभन्दा बढी गुमाउनेमा भने भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी, रुरु जलविद्युत परियोजना तथा दरमखोला हाइड्रो इनर्जीका सेयरधनी रहेका छन् ।
Published Date: 16 November 2025-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1