आइतबार नेप्से परिसूचक ५.१५ अंकले घट्यो

आइतबार नेप्से परिसूचक ५.१५ अंकले घट्यो : Icon Khabar

काठमाडौ, कार्तिक ३० । साताको पहिलो दिन आईतबार सेयरबजार परिसूचक नेप्सेमा गिरावट आएको छ । आइतबार नेप्से ५.१५ अंकले घटेर २ हजार ५४०.५७ विन्दुमा कायम भएको हो । आइतबार सेयरबजारमा ३३७ कम्पनीका सेयर कारोबार भएका छन् ।

जसमध्ये ७४ कम्पनीका सेयरमूल्य बढेका छन् भने १६८ कम्पनीका सेयरमूल्यमा गिरावट आएको छ । १४ कम्पनीका सेयरमूल्य भने स्थिर रहेका छन् । आइतबार कुल ७९ लाख ५७ हजार ५६ कित्ता सेयर ४७ हजार १७६ कारोबारबाट ३ अर्ब ८९ करोड ३९ लाख ७५ हजार रुपैयाँमा किनबेच भएको छ ।

कारोबार रकम बिहीबारको तुलनामा आइतबार बढेको हो । सेयरबजारमा सूचीकृत समूहगत परिसूचकमध्ये होटेल तथा पर्यटन, उत्पादनशील तथा अन्य समूहका परिसूचक सकारात्मक रहेका छन् । वाणिज्य बैंक, विकास बैंक, वित्त, जलविद्युत, लगानी, जीवन बीमा, लघुवित्त, म्युचल फण्ड, निर्जीवन बीमा तथा व्यापार समूहका परिसूचक ओरालो लागेका छन् ।

सागर डिष्टीलरी, बुंगल हाईड्रो तथा बन्दीपुर केवलकारका सेयरधनीले सबैभन्दा बढी कमाएका छन् । सबैभन्दा बढी गुमाउनेमा भने भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी, रुरु जलविद्युत परियोजना तथा दरमखोला हाइड्रो इनर्जीका सेयरधनी रहेका छन् ।

Published Date: 16 November 2025


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर