राममन्दिर र बराहीस्थान उकालो क्षेत्र अब वान वे, भक्तपुरमा एकतर्फी सवारी सञ्चालन सुरु

राममन्दिर र बराहीस्थान उकालो क्षेत्र अब वान वे, भक्तपुरमा एकतर्फी सवारी सञ्चालन सुरु : Icon Khabar

भक्तपुर, कात्तिक १५ । भक्तपुर नगरपालिकाले पुरानो नगर क्षेत्रमा सवारी व्यवस्थापन सहज बनाउन चारपाङ्ग्रे सवारी साधन एकतर्फी रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ।

नगरपालिकाको वडानं. ४ बोलाछेंदेखि राममन्दिर पुलपारिसम्म र वडानं. ३ वंशगोपालदेवीदेखि बाराही पुलपारिसम्मका सडक खण्डमा सवारी चाप तथा भीडभाड बढेपछि नगरपालिकाले आगामी २०८२ कात्तिक १५ गतेदेखि एकतर्फी आवागमनको व्यवस्था लागू गर्न लागेको हो।

सूचनाअनुसार बिहान ७:०० देखि १०:०० बजेसम्म र दिउँसो ३:०० देखि साँझ ७:०० बजेसम्म बोलाछें–राममन्दिर पुलपारिसम्मका चारपाङ्ग्रे सवारी साधन पुरानो नगर क्षेत्रबाट बाहिर जाने मात्र अनुमति हुनेछ।

त्यस्तै, बाराही पुलपारिस्थित वंशगोपाल चोकदेखि पुलसम्मका सवारी साधन उक्त समयमा विस्तारित नगर क्षेत्रबाट पुरानो नगर क्षेत्रभित्र प्रवेश गर्न मात्र पाउने छन्।

दुईतर्फी सवारी सञ्चालन हुने स्थानहरूमा पनि आवश्यक ट्राफिक व्यवस्थापन गरिने बताइएको छ। दमकल, एम्बुलेन्सलगायत आकस्मिक सेवाका सवारी साधन निर्वाधरूपमा चल्न पाउने व्यवस्था नगरपालिकाले गरेको छ।

नगरपालिकाले सवारी चालकहरूलाई निर्धारित गति सीमाभित्र रहेर सावधानीपूर्वक सवारी सञ्चालन गर्न र सुरक्षात्मक नियमहरू पालना गर्न आग्रह गरेको छ।

Published Date: 31 October 2025


ताजा
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु