रेशम चौधरीले पार्टी अध्यक्षमा अघि सारे २७ वर्षीय ‘जेनजी’

रेशम चौधरीले पार्टी अध्यक्षमा अघि सारे २७ वर्षीय ‘जेनजी’ : Icon Khabar

काठमाडौँ, कार्तिक १३ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) छोडेका रेशम चौधरीले नयाँ दल ‘नागरिक उन्मुक्ति पार्टी नेपाल’ दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पेश गरेका छन्।

निर्वाचन आयोगमा पेश कागजातअनुसार नयाँ दलको अध्यक्षमा टिकापुरका जेनजी उमेर समूहका कबीर सोब भने चुनाव चिन्ह जाँतो प्रस्ताव गरिएको छ।

२७ वर्षीय ‘जेनजी’ कविर सोबको अध्यक्षतामा ४५ संस्थापक सदस्यसहित यो दल दर्ताका निम्ति बिहीबार निर्वाचन आयोगमा निवेदन दिइएको हो ।

सीके राउतको जनमत पार्टी त्यागेका अब्दुल खान यो दलको संस्थापक वरिष्ठ उपाध्यक्ष बनेका छन् । पार्टीभित्र परिवारवाद लादेको भन्दै खानले असोज २ गते जनमत त्यागेका थिए ।

नागरिक उन्मुक्ति पार्टी नेपालको संरक्षकमा रेशमलाल चौधरी छन् । गएको भदौ २९ गते चौधरीले यो पार्टीको घोषणा गरेका थिए ।

टीकापुर घटनापछि भूमिगत रूपमा भारी मतले चुनाव जितेका रेशमले पछि आफैँ संरक्षण भएर पार्टी खोलेका थिए । उनले २०७८ पुसमा जेलभित्रै बसेर पार्टी गठन गरेका थिए।

उनी २०७२ भदौ ७ गतेको टीकापुर घटनामा दोषी ठहर भई जन्मकैदको सजाय काटिरहेका थिए । गम्भीर प्रकृतिको फौजदारी कसुर प्रमाणित भई कारावास रहेका बेला पार्टी खोलेकाले उनी अध्यक्ष बन्न पाएका थिएनन् । त्यसैले उनले पत्नी रञ्जिता श्रेष्ठलाई अध्यक्ष बनाएका थिए।

२०८० जेठमा राष्ट्रपति रामचन्द्र पौडेलबाट बाँकी कैद माफी पाएपछि उनले त्यही पुसमा पहिलो अधिवेशन गरेर अध्यक्ष निर्वाचित गरेका थिए। तर निर्वाचन आयोगले उनी नेतृत्वको नयाँ कार्यसमिति अद्यावधिक गरिदिएन ।

गत साउन १४ गते राष्ट्रिय भेला गरेर पत्नी श्रेष्ठलाई अध्यक्षबाट हटाएर बाबु लालवीरलाई पार्टी नेतृत्वमा ल्याए पनि निर्वाचन आयोगले उक्त कमिटी पनि अद्यावधिक नगरेपछि उनले नयाँ पार्टी गठनको गृहकार्य थालेका थिए ।

Published Date: 30 October 2025


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै