काठमाडौं, कार्तिक ११ । जेनजी आन्दोलनको क्रममा प्रहरी जवान उत्तम थापाको हत्या आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत जवान थापाको हत्या आरोपमा प्रहरीले सुकेधारा क्षेत्रबाट थप दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा सिन्धुलीको गोलन्जोर गाउँपालिका-१ घर भएका २२ वर्षीय अलिष श्रेष्ठ र रसुवाको उत्तगया गाउँपालिका-४ घर भएका २७ वर्षीय सौरभ तामाङ छन् । उनीहरु दुबैलाई सिसिटिभी फुटेजको आधारमा महाराजगञ्ज प्रहरीले सोमबार साँझ पक्राउ गरेको हो ।
उनीहरुले प्रहरी कार्यालयमा आगजनी, तोडफोड गर्नुको साथै जवान थापामाथि आक्रमण तथा कुटपिट गरेको भिडियोमा देखिएको प्रहरीले जनाएको छ ।
जेनजी आन्दोलनको क्रममा जवान थापासँगै महाराजगञ्ज वृत्तमै कार्यरत असई मिलन राय र प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत हवल्दार अमृत गुरुङको हत्या भएको थियो । प्रहरी हत्या आरोपमा पक्राउ परेका मध्ये चार जना यसअघि नै पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् । ६ जनामाथि अनुसन्धान जारी छ । अहिले थप दुई जना पक्राउ परेसँगै अब प्रहरी हिरासतमा ८ जना पुगेका छन् ।
समग्रमा भने १२ जना पक्राउ परिसकेका छन् ।
Published Date: 28 October 2025-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1