एक हजार मतदाता बराबर एक मतदान केन्द्र राखिने

एक हजार मतदाता बराबर एक मतदान केन्द्र राखिने : Icon Khabar

काठमाडौं, कार्तिक ११ । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य चुनावमा एक हजार मतदाता बराबर एक मतदान केन्द्र राखिने भएको छ ।

निर्वाचन आयोगले एक हजार मतदाता भए एउटा मतदान केन्द्र बनाउने गरी तयारी अगाडि बढाएको हो । विगतमा पनि यस्तै अभ्यास हुँदै आएको छ ।

एक हजार मतदाता भए एउटा मतदान केन्द्र बनाउने र एउटा मतदान केन्द्रमा मतगणनाका लागि पनि कर्मचारी व्यवस्थापन गर्ने गरी तयारी अगाडि बढेको हो । एउटा मतदान केन्द्रमा कम्तीमा १४ कर्मचारी आवश्यक पर्ने आयोगका अधिकारीहरू बताउँछन् ।

सरकारले कर्मचारी व्यवस्थापन सहितको लागि निर्वाचन बजेट तयार पारेको छ । आयोगका अनुसार चुनावको लागि साढे सात अर्ब निर्वाचन खर्च लाग्ने अनुमान गरिएको छ ।

आगामी २१ फागुनका लागि तय भएको चुनावको तयारी अन्तर्गत आयोगले प्रारम्भिक अनुमानसहितको बजेट तयार पारेको हो । तर, तयार बजेट अन्तिम टुंगो लागिसकेको छैन । यसलाई अन्तिम टुंगो लगाएर अर्थ मन्त्रालयमा पठाउने निर्वाचन आयोगको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 October 2025






ताजा
कुलमान घिसिङको राजीनामापछि अलपत्र बनेको भक्तपुर–अरनिको राजमार्ग विस्तार
राष्ट्रिय परिचयपत्रको नाममा हैरानी: कति पटक आवेदन दिनुपर्ने?
कमलविनायक सडक दुर्घटनापछि उठ्यो प्रश्नः भक्तपुरमा ट्राफिक लाइट, जेब्रा क्रसिङ र सडक सुरक्षाको पूर्ण अभाव
च्याम्पियन्स लिग : प्रिमियर लिगका पाँच क्लब सोझै अन्तिम १६ मा, न्युकासलले प्लेअफ खेल्ने


ट्रेन्डिङ
भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने निर्विरोध
प्रतिनिधि सभा निर्वाचन २०८२: भक्तपुर–१ बाट को संसद पुग्ला? (उम्मेदवार सूचीसहित)
भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ निर्विरोध
कमलविनायक सडक दुर्घटनापछि उठ्यो प्रश्नः भक्तपुरमा ट्राफिक लाइट, जेब्रा क्रसिङ र सडक सुरक्षाको पूर्ण अभाव