आइतबार सुनको मूल्य प्रतितोला ११ हजार ६०० रुपैयाँले घट्यो

आइतबार सुनको मूल्य प्रतितोला ११ हजार ६०० रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौँ, कार्तिक ९ । सुनको मूल्यमा एकैदिन ११ हजार ६०० रुपैयाँले घटेको छ । नेपाली बजारमा सुनको मूल्य प्रतितोला एकैदिन ११ हजार ६०० रुपैयाँले घटेको सम्भवतः यो नै पहिलो घटना हो ।

तिहारको विदाहुनुअघि कात्तिक ३ गते नेपाली बजारमा सुनको भाउ प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँ रहेको थियो । विदापछि आजदेखि खुलेको बजारमा सुनको भाउ तोलाको २ लाख ४१ हजार ९०० तोकिएको हो ।

अन्तराष्ट्रिय बजारमा समेत सुनको मूल्य गिरावट भइरहेकोले त्यसको प्रभाव स्थानीय बजारको मूल्यमा परेको हो ।

सुनसँगै चाँदीको मूल्य समेत घटेको छ । जसअनुसार कात्तिक ३ गते प्रतितोला ३ हजार २८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य घटेर आज ३ हजार १५ रुपैयाँमा सीमि बन्न पुगेको छ ।

अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंस ४३०० डलरभन्दा माथि पुगेर ठूलो करेक्सन भई केही सुधारमार्फत हाल ४१०० माथि टिकिरहेको छ ।

Published Date: 26 October 2025


ताजा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर
आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
देशबासीका नाममा प्रधानमन्त्री बालेन शाहले गरेको सम्बोधन यस्तो छ
पूर्वराजा ज्ञानेन्द्रद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, सामाजिक सद्भाव कायम गर्न आग्रह


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु