आइतबार सुनको मूल्य प्रतितोला ११ हजार ६०० रुपैयाँले घट्यो

आइतबार सुनको मूल्य प्रतितोला ११ हजार ६०० रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौँ, कार्तिक ९ । सुनको मूल्यमा एकैदिन ११ हजार ६०० रुपैयाँले घटेको छ । नेपाली बजारमा सुनको मूल्य प्रतितोला एकैदिन ११ हजार ६०० रुपैयाँले घटेको सम्भवतः यो नै पहिलो घटना हो ।

तिहारको विदाहुनुअघि कात्तिक ३ गते नेपाली बजारमा सुनको भाउ प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँ रहेको थियो । विदापछि आजदेखि खुलेको बजारमा सुनको भाउ तोलाको २ लाख ४१ हजार ९०० तोकिएको हो ।

अन्तराष्ट्रिय बजारमा समेत सुनको मूल्य गिरावट भइरहेकोले त्यसको प्रभाव स्थानीय बजारको मूल्यमा परेको हो ।

सुनसँगै चाँदीको मूल्य समेत घटेको छ । जसअनुसार कात्तिक ३ गते प्रतितोला ३ हजार २८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य घटेर आज ३ हजार १५ रुपैयाँमा सीमि बन्न पुगेको छ ।

अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंस ४३०० डलरभन्दा माथि पुगेर ठूलो करेक्सन भई केही सुधारमार्फत हाल ४१०० माथि टिकिरहेको छ ।

Published Date: 26 October 2025


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर