काठमाडौँ, कार्तिक ९ । मुग्लिङ-नारायणगढ सडक खण्डको तुइन खोला नजिकै पहिरो गएर दुई दिनसम्म सडक अवरुद्ध भएसँगै सरकारले नागढुंगा सुरुङबाट काठमाडौंतर्फका बस पास गराउन सरोकारवालासँग छलफल गर्ने निर्णय गरेको थियो ।
दशैंलगत्तै धादिङबाट आएका बस काठमाडौं बस प्रवेश गराउनेबारे छलफल गर्ने समेत निर्णयमा उल्लेख थियो । तर, कार्यान्वयन भने भएन ।
सर्वसाधारणलाई यात्रा गराउनु अगाडि आवश्यक सुरक्षा प्रबन्ध, उद्धार संयन्त्र र यन्त्र उपकरण तथा जनशक्ति समेत उपलब्ध नभएको अवस्थामा जोखिमपूर्ण हुने भन्दै बस नचलाइएको आयोजना प्रमुख सौजन्य नेपालले जानकारी दिए ।
‘सुरुङ सञ्चालनको अनुभव हामीसँग छैन,’ उनी भन्छन्, ‘जोखिम उठाएर सर्वसाधारणलाई यात्रा नगराउने हो ।’
Published Date: 26 October 2025-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news