भक्तपुर, कात्तिक ३ । यस वर्ष भक्तपुर जिल्लाभित्र नेवार समुदायले फरक–फरक मितिमा म्हःपूजा र किजा पूजा (भाइटीका) मनाउने भएका छन्।
भक्तपुर नगरपालिकामा तलेजुका पुजारीहरूको निर्णयअनुसार सोमबार लक्ष्मी पूजा, मंगलबार म्हःपूजा र कात्तिक ५ गते किजा पूजा (भाइटीका) मनाइने भएको नगरप्रमुख सुनिल प्रजापतिले जानकारी दिए।
उनका अनुसार तलेजु मन्दिरका पुजारीहरूले तयार पारेको पात्रोअनुसार नै उक्त मिति निर्धारण गरिएको हो। भक्तपुरमा लामो समयदेखि तलेजु मन्दिरको परम्परा अनुसार नै तिहारका मितिहरू तय गर्ने चलन रहेको छ।
त्यस्तै, मध्यपुर थिमी नगरपालिकामा भने मंगलबार लक्ष्मी पूजा, कात्तिक ५ गते म्हःपूजा र कात्तिक ६ गते किजा पूजा (भाइटीका) मनाइने भएको मध्यपुर थिमी नगरप्रमुख सुरेन्द्र श्रेष्ठले बताए।
उनीहरूले स्थानीय परम्परा, ज्योतिष गणना र पुजारीहरूको सल्लाहअनुसार मिति तोकिएको जनाएका छन्।
यसरी एउटै जिल्लाभित्र फरक मितिमा तिहारका मुख्य पर्वहरू मनाइँदा केही भ्रम उत्पन्न भए पनि दुवै नगरपालिकाले आफ्नो परम्परा र धार्मिक आधारलाई प्राथमिकता दिएका छन्।
Published Date: 20 October 2025-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1