भक्तपुरमै फरक–फरक मितिमा म्हःपूजा र किजा पूजा मनाइने

भक्तपुरमै फरक–फरक मितिमा म्हःपूजा र किजा पूजा मनाइने : Icon Khabar

भक्तपुर, कात्तिक ३ । यस वर्ष भक्तपुर जिल्लाभित्र नेवार समुदायले फरक–फरक मितिमा म्हःपूजा र किजा पूजा (भाइटीका) मनाउने भएका छन्।

भक्तपुर नगरपालिकामा तलेजुका पुजारीहरूको निर्णयअनुसार सोमबार लक्ष्मी पूजा, मंगलबार म्हःपूजा र कात्तिक ५ गते किजा पूजा (भाइटीका) मनाइने भएको नगरप्रमुख सुनिल प्रजापतिले जानकारी दिए।

उनका अनुसार तलेजु मन्दिरका पुजारीहरूले तयार पारेको पात्रोअनुसार नै उक्त मिति निर्धारण गरिएको हो। भक्तपुरमा लामो समयदेखि तलेजु मन्दिरको परम्परा अनुसार नै तिहारका मितिहरू तय गर्ने चलन रहेको छ।

त्यस्तै, मध्यपुर थिमी नगरपालिकामा भने मंगलबार लक्ष्मी पूजा, कात्तिक ५ गते म्हःपूजा र कात्तिक ६ गते किजा पूजा (भाइटीका) मनाइने भएको मध्यपुर थिमी नगरप्रमुख सुरेन्द्र श्रेष्ठले बताए।

उनीहरूले स्थानीय परम्परा, ज्योतिष गणना र पुजारीहरूको सल्लाहअनुसार मिति तोकिएको जनाएका छन्।

यसरी एउटै जिल्लाभित्र फरक मितिमा तिहारका मुख्य पर्वहरू मनाइँदा केही भ्रम उत्पन्न भए पनि दुवै नगरपालिकाले आफ्नो परम्परा र धार्मिक आधारलाई प्राथमिकता दिएका छन्।

Published Date: 20 October 2025
ताजा
रुकुम पूर्वबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचित
काठमाडौं–८ मा रास्वपाका विराजभक्त श्रेष्ठ भारी मतान्तरले निर्वाचित
प्रतिनिधिसभा निर्वाचन २०८२: भक्तपुर–१ मा रुकेश रंजित ९,१२३ मत प्राप्त गरी अगाडि, प्रेम सुवाल पछ्याउँदै
प्रतिनिधिसभा निर्वाचन २०८२: भक्तपुर–१ मा रुकेश रंजित ९,१२३ मत प्राप्त गरी अगाडि, प्रेम सुवाल पछ्याउँदै


ट्रेन्डिङ
चाँगुनारायण मन्दिर जाने सडकमै मोटरसाइकलसँग २५ रुपैयाँ असुली, यात्रुहरूको गुनासो
नवदम्पतीलाई यौन जीवनबारे केही सुझाव : स्वस्थ सम्बन्धको आधार आपसी समझदारी
बिहिबार सुनको भाउ प्रतितोला ४ हजार ३ सय रुपैयाँले बढ्यो
शुक्रबार सुनको भाउ घट्यो