भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)

भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु) : Icon Khabar

भक्तपुर, कार्तिक ४ । भक्तपुरमा आज नयाँ नेपाल संवत ११४६ को अवसरमा भिन्तुना र्‍याली निकालिएको छ। नयाँ नेपाल संवत ११४६ अधिकारिक रुपमा भोलिबाट सुरु हुने भएतापनि भक्तपुरमा आज भिन्तुना र्‍याली निकालिएको हो।

र्‍याली भक्तपुर नगर परिक्रमा गरी खौमास्थित जगतसुन्दर मल्लको प्रतिकमा पुगेको थियो । त्यहाँ पुगेर मल्लको शालिकमा माल्यार्पण गरिएको थियो । नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवाललगायतका नेता तथा नेपाल भाषाका अगुवाहरुले माल्यार्पण गरेका थिए ।

र्‍याली सयौं बाजागाजा टोलीका साथ बहृत रुपमा भएको थियो । र्‍यालीमा हराजौं मानिसहरुको सहभागिता रहेको थियो । कार्यक्रमस्थलमा भएको कार्यक्रममा विभिन्न नेताहरुले नेपाल सम्वतको महत्वबारे चर्चा गरेका थिए ।

Published Date: 21 October 2025






ताजा
२० निर्माण कम्पनीहरुलाई सरकारले माग्यो सात दिन भित्र लिखित स्पष्टीकरण
फिफा विश्वकप २०२६: साउदी अरबको दमदार प्रदर्शन, उरुग्वे बराबरीमा रोकियो
पश्चिमी न्यून चापीय रेखाको प्रभाव जारी, पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, अमेरिकी डलरको बिक्रीदर रु १५१.८८ कायम


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न