वीरगन्जको दशैं मेलामा राति दुई समूहबिच ग्याङ फाइट हुँदा एक जनाको मृत्यु

वीरगन्जको दशैं मेलामा राति दुई समूहबिच ग्याङ फाइट हुँदा एक जनाको मृत्यु : Icon Khabar

वीरगन्ज, असोज १५ । वीरगन्जमा आयोजित दशैं मेलामा मंगलबार राति दुई समूहबिच भएको ग्याङ फाइटमा एक जनाको ज्यान गएको छ ।

पर्सा प्रहरीका अनुसार मेलामा पसल राख्ने विषयलाई लिएर भएको विवादका कारण झगडा चर्किँदा २० वर्षीय गोल्डेन नाम गरेका (सनाखत हुन बाँकी) युवकको मृत्यु भएको हो ।

प्रहरी प्रवक्ता तथा डिएसपी हरिबहादुर बस्नेतका अनुसार गीता मन्दिर नजिक मेलाको सुरुवाती दिनमै दुई समूहबिच विवाद सुरु भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । सोही विवाद राति हिंसात्मक रूप लिँदा गोल्डेनमाथि भाटोले प्रहार गरिएको थियो । गम्भीर घाइते भएका उनलाई उपचारका लागि नारायणी अस्पताल पुर्‍याइए पनि राति नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । तर, अनुसन्धान जारी रहेकाले उनीहरूको नाम गोप्य राखिएको प्रहरीले जनाएको छ ।

डिएसपी बस्नेतका अनुसार विवादको वास्तविक कारण अझै खुलेको छैन । नियन्त्रणमा लिइएकासँग सोधपुछ भइरहेको र घटनाबारे थप विवरण सङ्कलन गर्न सूक्ष्म अनुसन्धान सुरु गरिएको उनले बताए ।

मृतकको शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 October 2025
Website | + posts
ताजा
आइतबार नेप्से परिसूचक ५.१५ अंकले घट्यो
इन्टरनेशनल ग्रीन डेभलपर्स नेपालद्वारा ‘Ecopanel’ नाम प्रयोगमा कडा चेतावनी
असोज महिनामा नेपालमा भित्रियो २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स
विदेशमा रहेका नेपाली नागरिकका लागि मतदान केन्द्र तोक्न अध्यादेशको तयारी


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )