मौसम पूर्वानुमान : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना : Icon Khabar

काठमाडौं, असोज १५ । हाल देशभर मनसुनी वायु र स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

बुधबार दिउँसो सबै प्रदेशमा साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी र तराई भू-भाग लगायत मधेश प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

बुधबार राति सबै प्रदेशमा साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भाग लगायत मधेश प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 October 2025
Website | + posts
ताजा
असोज महिनामा नेपालमा भित्रियो २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स
विदेशमा रहेका नेपाली नागरिकका लागि मतदान केन्द्र तोक्न अध्यादेशको तयारी
आइतबार सुनको मूल्य प्रतितोला ६ हजार ९ सय रुपैयाँले सस्तियो
लोकेश्वर साकोसको १८औँ वार्षिक साधारणसभा सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )