हिले‌ भयो यो वर्षको दशैँ, देशभरि मनसुनी वायूको प्रभाव

हिले‌ भयो यो वर्षको दशैँ, देशभरि मनसुनी वायूको प्रभाव : Icon Khabar

काठमाडौं, असोज १६ । मौसमविद्हरूका अनुसार दशैँ अवधिभर नेपालमा मनसुनी वायुको प्रभाव रहने र विशेषगरी असोज १७ गतेदेखि मनसुन सक्रिय हुने सम्भावना देखिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार यस वर्षको दशैँ अवधिमा बाढी, पहिरो तथा यातायात अवरुद्ध हुने जोखिम भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

हाल नेपालमा मनसुनी वायू केही कमजोर रहे पनि बंगालको खाडीमा विकसित न्यून चापिय प्रणाली भारतको ओरिसाबाट जमिनतर्फ प्रवेश गरी मध्य भारततर्फ सर्दैछ । यस प्रणालीका कारण नेपालतर्फ जलवाष्पयुक्त हावा प्रवेश गर्ने भएकाले वर्षा तीव्र हुने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार दशैँको एकादशी अर्थात भोलि असोज १७ गते शुक्रवार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड र तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ । यी प्रदेशका १–२ स्थानमा भारी वर्षाको सम्भावना छ ।

असोज १८ गते द्वादशीको दिन कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा, केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा। साथै केही स्थानमा भारीदेखि धेरै भारी वर्षा र १–२ स्थानमा अति भारी वर्षा हुने सम्भावना छ ।

महाशाखाले दशैं अवधिभर मनसुनी गतिविधि सक्रिय हुने भएकाले भूक्षय, बाढी, पहिरो जस्ता प्राकृतिक प्रकोपको जोखिम बढ्ने जनाएको छ । साथै सडक तथा हवाई यातायात प्रभावित हुने सम्भावना रहेकोले नागरिकलाई निरन्तर मौसम जानकारी लिन र आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

Published Date: 02 October 2025


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर