हिले‌ भयो यो वर्षको दशैँ, देशभरि मनसुनी वायूको प्रभाव

हिले‌ भयो यो वर्षको दशैँ, देशभरि मनसुनी वायूको प्रभाव : Icon Khabar

काठमाडौं, असोज १६ । मौसमविद्हरूका अनुसार दशैँ अवधिभर नेपालमा मनसुनी वायुको प्रभाव रहने र विशेषगरी असोज १७ गतेदेखि मनसुन सक्रिय हुने सम्भावना देखिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार यस वर्षको दशैँ अवधिमा बाढी, पहिरो तथा यातायात अवरुद्ध हुने जोखिम भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

हाल नेपालमा मनसुनी वायू केही कमजोर रहे पनि बंगालको खाडीमा विकसित न्यून चापिय प्रणाली भारतको ओरिसाबाट जमिनतर्फ प्रवेश गरी मध्य भारततर्फ सर्दैछ । यस प्रणालीका कारण नेपालतर्फ जलवाष्पयुक्त हावा प्रवेश गर्ने भएकाले वर्षा तीव्र हुने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार दशैँको एकादशी अर्थात भोलि असोज १७ गते शुक्रवार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड र तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ । यी प्रदेशका १–२ स्थानमा भारी वर्षाको सम्भावना छ ।

असोज १८ गते द्वादशीको दिन कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा, केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा। साथै केही स्थानमा भारीदेखि धेरै भारी वर्षा र १–२ स्थानमा अति भारी वर्षा हुने सम्भावना छ ।

महाशाखाले दशैं अवधिभर मनसुनी गतिविधि सक्रिय हुने भएकाले भूक्षय, बाढी, पहिरो जस्ता प्राकृतिक प्रकोपको जोखिम बढ्ने जनाएको छ । साथै सडक तथा हवाई यातायात प्रभावित हुने सम्भावना रहेकोले नागरिकलाई निरन्तर मौसम जानकारी लिन र आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 October 2025
Website | + posts
ताजा
आइतबार नेप्से परिसूचक ५.१५ अंकले घट्यो
इन्टरनेशनल ग्रीन डेभलपर्स नेपालद्वारा ‘Ecopanel’ नाम प्रयोगमा कडा चेतावनी
असोज महिनामा नेपालमा भित्रियो २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स
विदेशमा रहेका नेपाली नागरिकका लागि मतदान केन्द्र तोक्न अध्यादेशको तयारी


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )