५ महिनाभित्र प्रमुख १० वटा शहरमा नि:शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने सञ्चार मन्त्री खरेलको निर्णय

५ महिनाभित्र प्रमुख १० वटा शहरमा नि:शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने सञ्चार मन्त्री खरेलको निर्णय : Icon Khabar

काठमाडौं, असोज ६ । सूचना, सञ्चार तथा प्रविधिमन्त्री जगदिश खरेलले ५ महिनाभित्र देशका प्रमुख १० वटा शहरका सार्वजनिक स्थलमा नि:शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने निर्णय गरेका छन् ।

आजै मन्त्रालयको पदभार ग्रहण गरेका मन्त्री खरेलले पहिलो निर्णयमा यो व्यवस्था गर्न भनेका हुन् ।

पदभार ग्रहणका लागि पुगेका मन्त्री खरेलले सुरुमा कर्मचारीले ल्याएको प्रस्तावमा केही थप गर्न लगाएर ल्याउन भनेका थिए ।

निर्णय अनुसार काठमाडौं बाहिरका प्रमुख १० वटा शहरका प्रमुख सार्वजनिक स्थलमा इन्टरनेट सेवा उपलब्ध गराइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 22 September 2025
Website | + posts