राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित

राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित : Icon Khabar

भक्तपुर, असोज ६ । भक्तपुरको अरनिको राजमार्गमा प्रत्येक रात ९ बजेपछि मालवाहक ठूला ट्रक, टिप्परहरूले ट्राफिक नियम मिच्दै मनपरी रुपमा सवारी सञ्चालन गर्ने गरेका छन्। गति सीमा नाघ्ने, लेन क्रस गर्ने, सिग्नल नमान्ने लगायतका क्रियाकलापले मोटरसाइकल, स्कुटर तथा साना सवारीसाधनका चालक तथा यात्रुहरू असुरक्षित बनेका छन्।

स्थानीय बासिन्दा र सडक प्रयोगकर्ताहरूका अनुसार रातको समयमा ट्रक, टिप्परहरूको अत्यधिक अव्यवस्थित सञ्चालनले बारम्बार दुर्घटनाहरू हुने गरेका छन्। यस्ता दुर्घटनामा अहिलेसम्म धेरैले अकालमै ज्यान गुमाइसकेका छन् भने घाइते हुनेको संख्या पनि कम छैन। टिप्पर, ट्रकहरु प्रतिस्पर्धा गरे जस्तै राजमार्गमा पुरै राज्य जमाएको जसरि चलाउंदा निकै खतरा निम्तिने जोखिम उस्तै छ। त्यस माथि राजमार्ग पुरै अध्यारो, न सडक बत्ती न कुनै प्रकाश नै। सडक विभाग वा स्थानिय सरकारलाई कुनै मतलब छैन्। निकै असुरक्षित छ।

सडक सुरक्षाका लागि सरोकारवाला निकायले दिनमा मात्र चेकजाँच गर्ने तर राति बेवास्ता गर्ने गरेको प्रति जनस्तरमा गुनासो बढ्दै गएको छ। स्थानीयवासीहरूले सम्बन्धित निकायलाई राति पनि कडाइका साथ नियम कार्यान्वयन गर्न माग गरेका छन्।

यातायात विशेषज्ञहरूका अनुसार राजमार्गमा ट्रक, टिप्परचलाउँदा सन्तुलित गति, ट्राफिक नियमको पालना र सवारी लेनको कडाइका साथ पालनाले मात्र दुर्घटना न्यून गर्न सकिने बताएका छन्। तर नियमन र निगरानीको अभावले यस्तो अवस्था झन् गम्भीर बन्दै गएको हो।

जनताको जीवन सुरक्षा सर्वोपरी भएकोले स्थानीयले सरकार र ट्राफिक प्रहरीलाई तत्काल कदम चाल्न आग्रह गरेका छन्।

Published Date: 22 September 2025


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी