दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक

दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक : Icon Khabar

भक्तपुर, असोज ६ । दिक्षा गौरी हाडा स्मृति दिवसको अवसरमा हाडा ब्रदर्सले प्रस्तुत गरेको नयाँ गीत ‘न भेटेर माया गर्न सक्छु, न भुलेर माया मार्न सक्छु’ भक्तपुरमा आज सार्वजनिक गरिएको छ। क्यान्सरका कारण असामयिक निधन भएकी दिक्षा गौरी हाडाको सम्झनामा आयोजित उक्त कार्यक्रम स्मृति प्रतिष्ठान, भक्तपुरले आयोजना गरेको हो।

गीतको शब्द लक्ष्मण पलिखेलले लेखेका हुन् भने संगीत राजेश हाडा (दिक्षाका पिता) ले दिएका छन्। गीतलाई स्वर रवि हडा (दिक्षाका ठुलोबुबा) ले दिएका हुन्। संगीत संयोजनमा गोपाल रसाइली रहेकाछन्। यस गीतमा बाँसुरीमा नरेन्द्र राई र सारोदमा पण्डित सुधर्शन राजोपाध्यायले वादन गरेका छन्।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ रहेका थिए। त्यस्तै कार्यक्रममा वरिष्ठ संगीतकार दिपक जङ्गम, वरिष्ठ गीतकार सुबासचन्द्र ढुङ्गेल, चर्चित संगीतकार राजु सिंह लगायतका प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति थियो।

Published Date: 22 September 2025


ताजा
भक्तपुरका संवेदनशील क्षेत्रमा जथाभावी ड्रोन उडान : अनुमति कसले दिन्छ, नियमन कहाँ छ?
शनिबार अरुण थापाको स्मृतिमा भक्तपुरमा सांगीतिक श्रद्धाञ्जली, सयौँको सहभागितामा भव्य रूपमा सम्पन्न
हिसान भक्तपुरद्वारा कक्षा १२ मा ३.६ जीपीए वा सोभन्दा माथि ल्याउने विद्यार्थी सम्मानित
‘भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्कालाई, टिम वाङ्देनको शानदार जित


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली