दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक

दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक : Icon Khabar

भक्तपुर, असोज ६ । दिक्षा गौरी हाडा स्मृति दिवसको अवसरमा हाडा ब्रदर्सले प्रस्तुत गरेको नयाँ गीत ‘न भेटेर माया गर्न सक्छु, न भुलेर माया मार्न सक्छु’ भक्तपुरमा आज सार्वजनिक गरिएको छ। क्यान्सरका कारण असामयिक निधन भएकी दिक्षा गौरी हाडाको सम्झनामा आयोजित उक्त कार्यक्रम स्मृति प्रतिष्ठान, भक्तपुरले आयोजना गरेको हो।

गीतको शब्द लक्ष्मण पलिखेलले लेखेका हुन् भने संगीत राजेश हाडा (दिक्षाका पिता) ले दिएका छन्। गीतलाई स्वर रवि हडा (दिक्षाका ठुलोबुबा) ले दिएका हुन्। संगीत संयोजनमा गोपाल रसाइली रहेकाछन्। यस गीतमा बाँसुरीमा नरेन्द्र राई र सारोदमा पण्डित सुधर्शन राजोपाध्यायले वादन गरेका छन्।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ रहेका थिए। त्यस्तै कार्यक्रममा वरिष्ठ संगीतकार दिपक जङ्गम, वरिष्ठ गीतकार सुबासचन्द्र ढुङ्गेल, चर्चित संगीतकार राजु सिंह लगायतका प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Published Date: 22 September 2025
Website | + posts