हेटौँडामा बस र ट्रक जुधेर दुर्घटना हुँदा ३१ जना यात्रु घाइते

हेटौँडामा बस र ट्रक जुधेर दुर्घटना हुँदा ३१ जना यात्रु घाइते : Icon Khabar

मकवानपुर, असोज ६ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा उपमहानगरपालिका –१९ स्थित बस्तीपुर सडक खण्डमा बस र ट्रक जुधेर दुर्घटना हुँदा ३१ जना यात्रु घाइते भएका छन् ।

चितवनबाट वीरगन्जका लागि आउँदै गरेको ना ६ ख २११९ नम्बरको यात्रुवाहक बसको चालक साइडको टाएर पडकेर अनियन्त्रित भई हेटौँडाबाट चितवनतर्फ जाँदैगरेको ना ६ ख ८१८० नम्बरको मालवाहक ट्रकसँग ठक्कर खाएको थियो । ट्रक अनियन्त्रित भई काठमाडौँबाट बाराका लागि आउँदैगरेको ना ७ ख १७७४ नम्बरको तेल बोक्ने खाली ट्याङ्करलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

सोमबार दिउँसो भएको उक्त दुर्घटनामा बस र ट्रकमा सवार ३१ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

घाइतेहरुलाई उद्धार गरी हेटौँडा अस्पताल मकवानपुर र सिएमसी चुरेहिल अस्पताल हेटौँडा उपचार भइरहेको छ । दुर्घटनामा घाइते भएकामध्ये दुई जनाको अवस्था गम्भीर छ । प्रहरी नायब उपरीक्षक अर्यालको नेतृत्वमा २५ जना प्रहरीको टोली घटनास्थलबाट सवारी साधन हटाउने पहल भइरहेको छ ।

Published Date: 22 September 2025


ताजा
भक्तपुरका संवेदनशील क्षेत्रमा जथाभावी ड्रोन उडान : अनुमति कसले दिन्छ, नियमन कहाँ छ?
शनिबार अरुण थापाको स्मृतिमा भक्तपुरमा सांगीतिक श्रद्धाञ्जली, सयौँको सहभागितामा भव्य रूपमा सम्पन्न
हिसान भक्तपुरद्वारा कक्षा १२ मा ३.६ जीपीए वा सोभन्दा माथि ल्याउने विद्यार्थी सम्मानित
‘भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्कालाई, टिम वाङ्देनको शानदार जित


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली