भक्तपुरको तलेजु भवानीलाई मूलघर भित्र्याइ दशैं सुरू

भक्तपुरको तलेजु भवानीलाई मूलघर भित्र्याइ दशैं सुरू : Icon Khabar

भक्तपुर, असोज ६ । भक्तपुरको तलेजु भवानीलाई मूलघर भित्र्याएर दशैं भित्र्याएको छ। तलेजु मन्दिरबाट आज शुभसाइतमा तलेजु भवानीलाई मूलघरबाट दशैंघरमा भित्र्याएर दसैँ सुरु गरिएको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए।

घटस्थापनादेखि विजयादशमीका दिनसम्म तलेजुलाई दशैंघरमा राखेर पूजा गर्ने परम्परा रहेको उनले जानकारी दिए। सप्तमीदेखि महानवमीसम्म तलेजुमा ५४ वटा बोका, ३२ वटा राँगा र २४ वटा हाँस बलि दिने परम्परा छ। जात्राका अवसरमा तलेजुमा मूल पुरोहितले मांसाहुती होम सम्पन्न गरेपछि तलेजुमा बलि दिने परम्परा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 22 September 2025
Website | + posts