सरकारद्वारा संवैधानिक परिषद् विधेयक, २०७९ को पहिलो संशोधन फिर्ता

सरकारद्वारा संवैधानिक परिषद् विधेयक, २०७९ को पहिलो संशोधन फिर्ता : Icon Khabar

काठमाडौं, फागुन ६ । सरकारले संसदमा पेश गरेको संवैधानिक परिषद् विधेयक, २०७९ (काम, कर्तव्य, अधिकार र कार्यविधि) को पहिलो संशोधन फिर्ता लिएको छ ।

फागुन १६ गते बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।शुक्रबारको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारकी प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पहिलो संशोधन विधेयकमा संशोधन गर्ने बताइन् । संवैधानिक परिषद् विधेयक, २०७९ (काम, कर्तव्य, अधिकार र कार्यविधि) फिर्ता लिएको छ र यही फागुन २२ गते बस्ने प्रतिनिधिसभाको बैठकमा पेश गरिने छ ।

मन्त्रिपरिषद्को बैठकले मण्डन देउपुर–६, बेथानचोक–२, लिखु–४, रघुगंगा–२, तातोपानी–४, रिद्धिकोट–३, रुरु–४ र अपि हिमाल–४ गरी ८ स्थानमा औद्योगिक ग्राम स्थापना गर्ने स्वीकृत गरेको छ ।

मन्त्री शर्माका अनुसार सरकारले यही फागुन ७ देखि २०२३ मार्चसम्म स्वीट्जरल्याण्डको जेनेभामा हुने संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ५२औँ बैठकमा सहभागी हुन परराष्ट्रमन्त्रीको नेतृत्वमा आएको प्रतिनिधिमण्डललाई स्वीकृत गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले मोरङ जिल्लाको तत्कालीन लेटाङ गाविसको ४१६ बिघा सार्वजनिक जग्गा प्रहरीलाई ३० वर्षको भाडामा दिने निर्णय गरेको छ ।

Published Date: 18 February 2023
Website | + posts




















ताजा
तीन वर्षदेखि अधुरै चाँगुनारायण प्रवेशद्वार, आक्रोशित स्थानीयले गरे सडक अवरुद्ध
काठमाडौँ फिल्म फेस्टिभलमा कलाकार होइन, पहुँचको प्रदर्शन ! निम्तो पाउन ‘हैसियत’ चाहिने हो ?
एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ: प्रधानमन्त्री बालेन शाह
दराज ११.११ “वर्षकै सबैभन्दा ठूलो सेल” आज राति ८ बजेदेखि प्रारम्भ हुँदै


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?