प्रेस काउन्सिलद्वारा आयोजित पत्रकारिताको आधारभूत मूल्य मान्यताको विषयमा अभिमुखीकरण कक्षा शुक्रबार सम्पन्न

प्रेस काउन्सिलद्वारा आयोजित पत्रकारिताको आधारभूत मूल्य मान्यताको विषयमा अभिमुखीकरण कक्षा शुक्रबार सम्पन्न : Icon Khabar
तस्बिर: प्रेस काउन्सिल नेपाल

काठमाडौँ, फागुन ६ । प्रेस काउन्सिल नेपालले आचारसंहिता र पत्रकारिताको आधारभूत मूल्य मान्यताको विषयमा नियमित अभिमुखीकरण कक्षा अन्तर्गत शुक्रबार २० औं कार्यक्रम हिजो सम्पन्न गरेको छ। प्रत्यक्ष अनि भर्चुयल माध्यम मार्फत शुक्रबारको कक्षामा मुलुकभरका ३७ वटा नयाँ अनलाइनका सहभागी थिए ।

तस्बिर: प्रेस काउन्सिल नेपाल

काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले तथ्यपूर्ण र खोजमूलक सामग्री दिन नसके अनलाइन सञ्चार माध्यम टिक्न नसक्ने भन्दै त्यसतर्फ गम्भीर हुन सजग गराएका थिए। उनले भने,‘अधिकांश अनलाइन माध्यमहरूमा मौलिक र खोजपूर्ण समाचार सामग्री देखिन छाडेको छ । यो अल्छिपना हो ।’

तस्बिर: प्रेस काउन्सिल नेपाल

सहभागीलाई अन्नपूर्ण पोष्ट दैनिकका प्रधानसम्पादक अखण्ड भण्डारी र काउन्सिलका पूर्व कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले विषयगत विज्ञकारूपमा कक्षा लिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 18 February 2023
Website | + posts