मन्त्रिपरिषद्को पहिलो बैठक अहिले अपरान्ह ४ बजे

मन्त्रिपरिषद्को पहिलो बैठक अहिले अपरान्ह ४ बजे : Icon Khabar

काठमाडौँ, भदौ ३० । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले तीन मन्त्री नियुक्त गरे लगत्तै मन्त्रिपरिषद्को पहिलो बैठक आज बोलाएकी छिन्।

अपरान्ह ४ बजे सिंहदरबारमा बैठक बस्ने तय भएको छ। त्यसअघि मन्त्री र सम्बन्धित मन्त्रालयका सचिवहरुले बैठकका एजेन्डामा गृहकार्य गर्ने छन्।

आजै शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरू रामेश्वर खनाल, ओमप्रकाश अर्याल र कुलमान घिसिङलाई शपथ गराएका थिए।

खनाललाई अर्थ, अर्याललाई गृहसँगै कानुन, न्याय तथा संसदीय मामिला तथा घिसिङलाई ऊर्जा, सहरी बिकास र भौतिक मन्त्रालयको जिम्मेवारी दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 15 September 2025