मन्त्रिपरिषद्को पहिलो बैठक अहिले अपरान्ह ४ बजे

मन्त्रिपरिषद्को पहिलो बैठक अहिले अपरान्ह ४ बजे : Icon Khabar

काठमाडौँ, भदौ ३० । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले तीन मन्त्री नियुक्त गरे लगत्तै मन्त्रिपरिषद्को पहिलो बैठक आज बोलाएकी छिन्।

अपरान्ह ४ बजे सिंहदरबारमा बैठक बस्ने तय भएको छ। त्यसअघि मन्त्री र सम्बन्धित मन्त्रालयका सचिवहरुले बैठकका एजेन्डामा गृहकार्य गर्ने छन्।

आजै शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरू रामेश्वर खनाल, ओमप्रकाश अर्याल र कुलमान घिसिङलाई शपथ गराएका थिए।

खनाललाई अर्थ, अर्याललाई गृहसँगै कानुन, न्याय तथा संसदीय मामिला तथा घिसिङलाई ऊर्जा, सहरी बिकास र भौतिक मन्त्रालयको जिम्मेवारी दिइएको छ।

Published Date: 15 September 2025


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै