काठमाडौं, भदौ २४ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले हिजोदेखि लगाएको कर्फ्युको समय अवधि आज बिहान ५ बजेबाट सकिएको छ । अहिले सडकमा सवारी साधनहरु फाट्टफुट्ट चलिरहेका छन् । सडक सफाइ गर्ने कर्मचारीहरु खटिएका छन् ।
सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध युवाहरुले हिजो काठमाडौं प्रदर्शन गर्दा प्रहरीको गोली लागेर १९ जनाको ज्यान गएको थियो ।
प्रहरीसँग झडप सुरु भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले हिजो मध्याह्नदेखि लगाएको कर्फ्युको समय बढाउँदै आज बिहान ५ बजेसम्म लम्ब्याएको थियो ।
त्यसपछि पनि कर्फ्यु लम्ब्याइयो कि हटाइयो भन्नेबारे प्रशासन कार्यालयले केही बताएको छैन । प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, प्रवक्ता लगायत कसैले पनि फोन उठाएका छैनन् ।
तर जिल्ला प्रशासन कार्यालय काठमाडौंका एक अधिकारीले बताएअनुसार आज जिल्ला सुरक्षा समितिको बैठक बसेर आवश्यक निर्णय लिने बताएका छन् । श्रोत: अनलाइनखबर
Published Date: 09 September 2025
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1