काठमाडौंमा लगाइएको कर्फ्यु आज बिहान ५ बजेबाट सकियो, अब के हुन्छ ?

काठमाडौंमा लगाइएको कर्फ्यु आज बिहान ५ बजेबाट सकियो, अब के हुन्छ ? : Icon Khabar

काठमाडौं, भदौ २४ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले हिजोदेखि लगाएको कर्फ्युको समय अवधि आज बिहान ५ बजेबाट सकिएको छ । अहिले सडकमा सवारी साधनहरु फाट्टफुट्ट चलिरहेका छन् । सडक सफाइ गर्ने कर्मचारीहरु खटिएका छन् ।

सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध युवाहरुले हिजो काठमाडौं प्रदर्शन गर्दा प्रहरीको गोली लागेर १९ जनाको ज्यान गएको थियो ।
प्रहरीसँग झडप सुरु भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले हिजो मध्याह्नदेखि लगाएको कर्फ्युको समय बढाउँदै आज बिहान ५ बजेसम्म लम्ब्याएको थियो ।

त्यसपछि पनि कर्फ्यु लम्ब्याइयो कि हटाइयो भन्नेबारे प्रशासन कार्यालयले केही बताएको छैन । प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, प्रवक्ता लगायत कसैले पनि फोन उठाएका छैनन् ।

तर जिल्ला प्रशासन कार्यालय काठमाडौंका एक अधिकारीले बताएअनुसार आज जिल्ला सुरक्षा समितिको बैठक बसेर आवश्यक निर्णय लिने बताएका छन् । श्रोत: अनलाइनखबर

Published Date: 09 September 2025


ताजा
सुनसरीको संवेदनशील अवस्था समाधान गर्न सरकार सक्रिय, नागरिकलाई संयमित रहन प्रधानमन्त्रीको आग्रह
शिल्पा सेट्ठी काठमाडौंमा, सोल्टीमा हुँदैछ एसीई ग्लोबल कन्भेन्सन
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
१० आरोही सम्पर्कविहीन, ब्रोड पिक फेरि चर्चामा: किन जोखिमपूर्ण छ यो हिमाल?


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु