भक्तपुर, भाद्र २३ । लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को सांस्कृतिक उप–समितिको आयोजनामा आधारभूत बाँसुरी बाजा प्रशिक्षण कार्यक्रमको शुभारम्भ गरिएको छ। प्रशिक्षणमा २५ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको छ।
शुभारम्भ कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष राजन जतिले सिकेको सीपलाई आफूमा मात्र सीमित नराखी निरन्तर अभ्यास गर्दै अगाडि बढाउनु आवश्यक रहेको बताए। उनले संस्थाले स्थापनाकालदेखि नै विभिन्न सांस्कृतिक र सीपमूलक तालिममार्फत सदस्यहरूलाई सशक्त बनाउँदै आएको जानकारी दिए।
कार्यक्रममा प्रशिक्षक रभिम कपालीले बाँसुरीलाई परापूर्वकालदेखि पुस्तान्तरण हुँदै आएको अर्मुत सम्पदाको रूपमा चिनाउँदै, यसको संरक्षण र प्रवर्द्धनमा संघसंस्थाको भुमिका अपरिहार्य रहेको बताए।
आयोजक उप–समितिका संयोजक तथा कार्यक्रमका सभापति कमलश्वरी सुवालले सहभागीहरूलाई धैर्य, सम्यता र आत्मविश्वासका साथ प्रशिक्षण लिन सुझाव दिइन्।
Published Date: 08 September 2025-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1